२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

सूचना आदानप्रदानले मित्रतालाई थप सुदृढ बनाउँछ: रसियाली कार्यबाहक राजदूत



अ+ अ-

काठमाडौं । नेपालका लागि रसियाली कार्यबाहक राजदूत एन्द्रेइ किसेलन्कोले रुसी महासंघले नेपाली मिडियाहरुबाट नेपाल भित्रका र अन्तर्राष्ट्रिय घटनाहरूको वस्तुनिष्ठ र सन्तुलित समाचार कभरेजको अपेक्षा गरेको बताउनुभएको छ ।

आज साँझ दुताबासमा नेपाली मिडियाका केही सम्पादकहरुलाई संक्षिप्त सम्बोधन गर्दै उहाँले सो धारणा राख्नुभएको हो ।

उहाँले आफूहरुले आवश्यक सूचना तथा जानकारी प्राप्त गर्न तथा रुसी दूताबासका तर्फबाट आफ्ना जानकारीहरु स्पष्ट पार्न नेपाली मिडियाका प्रतिनिधिहरूसँग व्यावसायिक सम्पर्क कायम राख्ने पनि बताउनुभयो ।

सो सम्बोधनमा उहाँले भन्नुभयो “हामी विश्वस्त छौँ कि इमान्दार र सम्मानजनक सूचना आदानप्रदानले रुसी महासंघ र नेपालबीचको सम्बन्ध, विश्वास, पारस्परिक समझदारी र मित्रतालाई सुदृढ पार्न योगदान पुर्‍याउनेछ ।”