२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिसोमा तातेको राजनीतिः जेनजी आन्दोलन, ओली देउवा भेट, सर्वपक्षीय बैठक र सेनाको स्पष्टोक्ति



अ+ अ-

काठमाडौं । पुस महिनाको चिसो मौसममा पनि आज मुुलुकको राजनीतिक घटनाक्रम भने रपक्कै तातेको छ । आज अकस्मात तीन राजनीनिक घटनाक्रम भए, जुन एक अर्कामा अर्थ र महत्व राख्ने खालका छन् ।

नेपाली सेनाले जंगी अड्डाबाट आज अकस्मात आफनो धारणा बाहिर ल्याउने गरी एक लेख सार्वजिनक गर्यो । सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका नाममा प्रधान सेनापति अशोकराज सिग्देलको तस्बिरसहित प्राप्त सो लेखमा सेनाको स्पष्टिकरणको शैलीमा आफ्ना धारणा आएका छन् । जसमा जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र कार्यपालिकाको निर्णय अधिकारको सम्मान नेपाली सेनाले गरेको उल्लेख छ ।

सेनाले गत भदौको जेनजी आन्दोलन र त्यसपछि उठेका सेनाप्रतिका धारणाहरुलाई जवाफ दिने शैलीमा यो लेख मिडियाका लागि सम्प्रेषण गरिएको छ । सो लेखमा परिस्थितिलाई थप बिग्रिन नदिन जतिसक्दो छिटो संकट व्यवस्थापनमा सरोकारवालाबीच संवादको वातावरण बनाउन सहजीकरण गर्नु जिम्मेवार निकायको प्रमुख दायित्व नै भएको समेत स्पष्ट पारेको छ ।

तत्कालीन अवस्थाका बारेमा चर्चा गरिएको जंगी अड्डा लेखमा भनिएको छ, ‘संकटको घडीमा सेनाले गरेको संयोजन र संवादका सकारात्मक प्रयासमा समेत प्रश्नहरू आइरहेका छन् । सेनाले कुनै राजनीतिक एजेन्डा अघि सारेको छैन, न त सत्ता हस्तक्षेपको आकांक्षा देखाएको छ । जुन हाल विकसित परिस्थितिले उजागर गरेकै छ । यही तथ्य नै सेनाको लोकतान्त्रिक प्रतिबद्धताको प्रमाण हो ।’

उक्त लेखमार्फत् सेनाले संविधानको अक्षर र मर्म दुवैको पालना गरेको स्पष्ट गर्दै भनेको छ, ‘सेना संविधानप्रति निष्ठावान् छ, स्थापित सरकारको अधीनमा रही राष्ट्रिय एकता तथा राष्ट्रिय सुरक्षामा प्रतिबद्ध छ । तत्कालीन राजनीतिक शून्यताको अवस्थालाई अन्त्य गर्न सहजीकरण गरेको चाहिँ पक्कै हो । सेनामा यदि राजनीतिक महत्वाकांक्ष हुन्थ्यो भने, आज हामी यो अवस्थामा हुन्थ्यौँ र ?’

यता सेनाको यो स्पष्टिकरण आइरहेकै बेला माइतीघर मन्डेलामा भने जेनजीहरु जम्मा भएर सरकारका विरुद्धमा आन्दोलन गर्दै थिए । उनीहरु वर्तमान प्रधानमन्त्री सुशिला कार्कीको राजीनामा माग्दै थिए । मिराज ढुंगाना समूहका जेनजीहरुले आज प्रदर्शन गर्ने भएपछि काठमाडौंको सुरक्षा व्यवस्था कडा बनाइएको थियो भने उता निजी विद्यालहरु समेत बन्द गराइएको थियो ।

भदौ २३ र २४ गते आन्दोलन गरेर तत्कालीन सरकारको राजीनामा मागेका उनीहरु झण्डै तीन महिनापछि फेरि यो सरकारको पनि राजीनामा माग्न थालेका हुन् । जेनजी आन्दोलनकै बलम बनेको वर्तमान सरकारले आगामी फागुन २१ का लागि निर्वाचको घोषणा गरेको छ तर त्यो निर्वाचन हुन नदिने जेनजीहरु नै बताउँदै छन् । उनीहरुले आजदेखि अब यो सरकार नढलेसम्म निरन्तर आन्दोलन गर्ने पनि घोषणा गरेका छन् ।

आजको आन्दोलनमा जेनजीहरुकै बीचमा द्धिपक्षीय भिडन्त समेत भएको थियो । यो घटनासँगै जेनजीहरु स्पष्ट रुपमै विभाजित भएको देखिएको छ । आगामी दिनमा जेनजीहरुकै बीचको विवाद र वैमनस्यले अर्काे समस्याको स्वरुप ननिम्त्याउला भन्न सकिँदैन ।

आजै प्रधानमन्त्री कार्कीले पनि सर्वपक्षीय बैठकको आह्वान गरिन् । बालुवाटारमा भएको सो बैठकमा पनि आज नयाँ परिस्थिति नै देखियो । जस्तो यसअघि कुनै पनि हालतमा चुनाव हुन्छ र गर्नुपर्छ भन्ने गरेको नेपाली कम्युनिष्ट पार्टीका नेता बर्षमान पुनले पनि यदि फागुन २१ मा चुनाव भएन भने संसद पुनस्र्थापना हुने कुरा स्पष्टसँग राखे ।

संसद पुनस्र्थापनाको बाटोमा नेपाली राजनीति अघि बढेको चर्चा चलेको केही दिन भएको छ । सबै मिडियामा यो कन्टेन्टले ठाउँ पनि पाएको छ । यो तातेको राजनीतिकै बीचमा आज प्रधानमन्त्रीले सर्वपक्षीय बैठक आह्वान गर्नु र अबको राजनीतिक निकास के हुन सक्छ खुलेरै सुझाव दिनु भन्नुले पनि राजनीतिक निकासको अर्कै बाटोको संकेत गरेको हुनसक्छ ।

यी सबै घटनाक्रमहरुलाई रपक्कै तताउने काम त कांग्रेस सभापति शेरबहादु देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको आजको भेटले पनि गरेको छ । जेनजी आन्दोलनको तीन महिना पछि आज उनीहरुबीच दोस्रो पटक भेट भएको छ ।

अघिल्लो पटक करिब महिना दिनअघि उनीहरुबीच भेट भएकै भोलिपल्ट कांग्रेस पनि संसद पुनस्र्थापनाका लागि सर्वाेच्च अदालत पुगेको थियो । त्यसअघि कांग्रेस चुनाव मात्र विकल्प भनेकोमा दुई नेताको भेटपछि कांग्रेस पनि चुनावका पक्षमा खुल्न थालेको हो ।

आजका मिडियामा धेरैतिर देशमा अब विघटित संसदको पुनर्स्थापना  हुने चर्चा ब्यापकै छ । अबको राजनीति यसैगरी अघि बढ्ने तर्कहरु मिडियाका कन्टेन्टमा छ । यसै बेला पारेर आज पनि दुई नेताकाबीचमा भएको यो भेटले संसद पुनस्र्थापनाको एजेण्डालाई थप बल प्रदान गरेका विश्लेषकहरुको भनाई छ ।

पुस महिनाको आज ७ गते । यो निकै चिसो हुने दिन हो र मौसम चिसो पनि छ । यस्तो बेलामा मुलुकको राजनीति भने फेरि तात्न थालेको छ । एकातरि तीन महिना अघि आन्दोलनको उभार ल्याउने जेनजीहरुकै बीचमा आन्दोलनस्थमै कुटपिट भएको छ र थप आन्दोलनको घोषणा भएको छ भने उता त्यस बेला आन्दोलनलाई मत्थर गर्न सघाएको बताउँदै नेपाली सेनाले स्पष्टिकरण जस्तो दिएको छ ।

यता पूर्ववत सरकारका दुई प्रमुख घटक कांग्रेस र एमालेका नेताले गरेको गरेको दोस्रो पटकको भेट र त्यसअघि हिजोदेखि आजसम्म पूर्ववत संसदको स्पष्ट बहुमत पुग्नेगरी सांसदहरुले गरेको हस्ताक्षर र सर्वाेच्च अदालतमा पेश गर्ने गरी गरिएका तयारीका खबरहरुले राजनीति थप तात्ने देखिएको छ ।