२४ जेष्ठ २०८३, आईतवार
,
Latest
बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० अन्तर्राष्ट्रियमा पहिलो पटक एक ओभरमा ५ विकेट लिएर कीर्तिमान



अ+ अ-

एजेन्सी । इन्डोनेसियाका तीव्र गतिका बलर गेदे प्रियन्दानाले एकै ओभरमा ५ विकेट लिएका छन्।

उनले मंगलबार बालीस्थित उदयाना क्रिकेट स्टेडियममा कम्बोडियाविरुद्ध यो कीर्तिमान बनाएका हुन्। यो खेल इन्डोनेसियाले ६० रनले जित्यो।

२८ वर्षीय प्रियन्दाना पुरुष र महिला क्रिकेट दुवै समेट्दा, एकै ओभरमा ५ विकेट लिने संसारका पहिलो बलर बनेका छन्।

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमा पहिलो पटक कुनै बलरले एक ओभरमा ५ बलमै ५ विकेट लिएका हुन्। यसअघि सन् २०१९ मा श्रीलंकाका लासिथ मलिङ्गाले न्युजिल्यान्डविरुद्धको टी–२० अन्तर्राष्ट्रिय खेलमा लगातार चार बलमा चार विकेट लिएका थिए।

एक ओभरमा ५ विकेट कसरी लिए ?

१६७ रनको लक्ष्य रक्षा गरिरहेको इन्डोनेसियाका लागि प्रियान्दना १६औँ ओभर बलिङ गर्न आएका थिए। उनले पहिलो तीन बलमै लगातार विकेट लिँदै ह्याट्रिक पूरा गरे। प्रियान्दनाले शाह अबरार हुसेन, निर्मलजीत सिंह र चन्थोउन रथानकलाई पवेलियन फर्काए।

उनको ओभरको चौथो बल डट रह्यो। त्यसपछि प्रियांदनाले मोंगदारा सकलाई आउट गरे। त्यसपछि उनले एक वाइड बल फ्याँकेपछि पेल वेननकलाई आउट गर्दै खेल समाप्त गरे।

यस ओभरमा कम्बोडियाले जम्मा १ रन मात्र बनायो, जुन अन्तिम दुई विकेटबीच आएको एक वाइडबाट आएको थियो, र उनीहरूको टोली ६० रनले पराजित भयो।

प्रियान्दनाले यसअघि पारीको सुरुआतमा धर्मा केसुमासँग मिलेर ११ बलमा ६ रन पनि बनाएका थिए।

अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो पटक एक ओभरमा ५ विकेट

अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा पाँच विकेट लिने यो पहिलो घटना हो। यसअघि एक ओभरमा चार विकेट लिने १४ उदाहरणहरू रहेका छन्।