२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी



अ+ अ-

काठमाडौँ। नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशमलाल चौधरीले जेनजी आन्दोलनको मर्मअनुसार आगामी फागुन २१ को निर्वाचनमा सबै सहभागी हुनुपर्ने बताउनुभएको छ ।

उक्त पार्टीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले जेनजी आन्दोलन नेपाली जनताको आवाज भएको र आन्दोलनका मागहरूलाई न्यायोचित रूपमा सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो ।

संरक्षक चौधरीले भन्नुभयो,“हामीले यो देशमा चाहेको परिवर्तन, सुशासन र समृद्धि हो । जेनजी आन्दोलनले पनि तिनै माग र मुद्दा अगाडि सारेका छन् । निर्वाचनको माध्यमबाट ती मुद्दा सम्बोधन गर्न सबै लागौँ ।”

उहाँले आफ्नो पार्टीले थारु समुदाय मात्र नभई समग्र उत्पीडित समुदायका मुद्दा उठाइरहेको उल्लेख गर्नुभयो ।  पत्रकार सम्मेलनमा पार्टीसँग ‘जेनजी टु जिरोे’ बीच छबुँदे सम्झौता भएको जानकारी दिइएको थियो ।

उक्त जेनजी समूहले नागरिक उन्मुक्ति पार्टी नेपाललाई साझा पार्टीका रुपमा अंगाल्न तयार भएको संरक्षक चौधरीले जानकारी गराउनुभएको थियो । रासस




भर्खरै