२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले अध्यक्ष ओली र सञ्चारमन्त्री खरेलबीच छलफल



अ+ अ-

काठमाडौँ । सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसंग भेट गर्नुभएको छ ।

ओलीसंग छलफल गर्न मन्त्री खरेल उहाँको निवास गुण्डु पुग्नु भएको छ । खरेलले बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग उहाँको महाराजगञ्जस्थित निवासमा छलफल गर्नुभएको थियो ।

ओली पछि उहाँले नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गर्ने कार्यक्रम छ । निर्वाचनको वातावरण बनाउन सरकारले प्रमुख तीन दलका शीर्ष नेतासँग सघन रुपमा छलफल सुरु गरेको छ ।