२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

युद्धविरामले शान्तिको मार्ग प्रशस्त गर्ने संयुक्त राष्ट्रसंघको अपेक्षा



अ+ अ-

जेनेभा। संयुक्त राष्ट्रसङ्घले थाइल्यान्ड र कम्बोडियाबीच शनिबार भएको युद्धविरामले अन्ततः दुई देशबीच विश्वास निर्माण र शान्ति कायम गर्ने विश्वास व्यक्त गरेको छ।

संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुख भोल्कर टर्कले थाइल्यान्ड र कम्बोडियाले युद्धविराम पुनः सुरु गरेको समाचारको स्वागत गर्दै भन्नुभएको छ। “यसले विश्वास निर्माण र शान्तिका लागि मार्ग प्रशस्त गर्नेछ।”

उहाँले सामाजिक सञ्जाल एक्समा भन्नुभएको छ, “प्रभावित समुदाय र आप्रवासीहरूले सुरक्षित रूपमा घर फर्कन आवश्यक सबै सहयोग पाउनुपर्छ ।”

तोपखाना, ट्याङ्क, ड्रोन र जेट विमानको तीन हप्ताको सीमा भिडन्तमा दुबै देशका गरी कम्तीमा ४७ जनाको मृत्यु भएको छ भने १० लाखभन्दा बढी विस्थापित भएका छन् ।  (रासस/एएफपी)