१७ असार २०८३, बुधबार
,
Latest
शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा झा नियुक्त सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन हवाई इन्धन सस्तो भएसँगै आन्तरिक उडानको भाडा घट्यो, नयाँ दर आजैदेखि लागू राष्ट्रिय ध्वजावाहकको पुनर्जागरणका लागि सबै इमान्दार बनौँः मन्त्री पौडेल १०० दिनमा उद्योग मन्त्रालयका उपलब्धि सार्वजनिक, प्रधानमन्त्री कार्यालयमा प्रगति विवरण पेस ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक गर्न मिल्ने सुविधा, लगइन नगरि सेकेन्डभरमै… ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक गर्न मिल्ने सुविधा नेपाल कानुन समाजका लेखा प्रमुख गणेशमान प्रधानलाई पत्नी शोक शान्ति बाटिकामा रहेका संरचना तत्काल हटाउन कार्यवाहक प्रमुख डंगोलको निर्देशन रास्वपाका तीन केन्द्रीय आयोगमा पदाधिकारी मनोनयन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भाइरल बनेको पैसाको बिटोको वास्तविकता के ?



अ+ अ-

काठमाडौँ । यतिबेला सामाजिक सञ्जालमा एउटा तस्बिरले निकै चर्चा पाइरहेको छ । टेबलमा पैसाको बिटो राखेर बाँडेको तस्बिरले सामाजिक सञ्जाल तताएको हो ।

उक्त तस्बिर संखुवासभाको सिलिङचोङ गाउँपालिका–१ सिसुवाखोला गोगनेका किसानले अलैँची बिक्रीबाट प्राप्त रकम टेबलमा राखेर बाँडफाँट गरेको रहेको छ ।

गोगनेबासीले विगत सात वर्षदेखि सामूहिक रूपमा अलैँची खेती गर्दै आएका छन्। यस वर्ष मात्र उनीहरूले अलैँची खेतीबाट १ करोड १७ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेका छन्।

ठेकेदारले अलैँची किनेर लगेपछि किसानहरूले रकम बाँड्दै गर्दा तस्बिर खिचिएको हो।

यस वर्ष गोगनेमा सामूहिक रूपमा १ सय १९ मन अलैँची उत्पादन भएको छ। हाल प्रतिमन ९० हजारदेखि १ लाख रुपैयाँसम्ममा अलैँचीको किनबेच भइरहेको छ।

गोगने सामूहिक अलैँची ४७ परिवार आबद्ध छन् । अलैँची रोप्ने, गोडमेल गर्ने र टिप्ने काम सबै सामूहिक रूपमा हुने गर्दछ।

यस वर्ष समूहले प्रतिपरिवार २ लाख ३६ हजार रुपैयाँका दरले आम्दानी बाँडेका छन्।