२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

दरबारमार्गमा ‘ड्रिम स्किन’ को उद्घाटन



अ+ अ-

काठमाडौँ । काठमाडौंको दरबारमार्गमा कोरियन ब्युटी प्रोडक्ट्सको चर्चित ब्राण्ड ‘ड्रिम स्किन’को नयाँ शोरूमको उद्घाटन भएको छ ।

नेपालका लागि दक्षिण कोरियाली राजदुत पार्क ताइयोङले शोरुमको उद्घाटन गर्नुभएको हो ।

उद्घाटन समारोहमा ब्युटी तथा फेसन क्षेत्रका चर्चित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो भने कोरियन स्किनकेयरप्रति रुचि राख्नेहरूको भीड थियो । ‘ड्रिम स्किन नेपाल’ले लाजिम्पाट र बानेश्वरपछि दरबारमार्गमा आफ्नो तेस्रो शाखा विस्तार गरेको हो । यो शोरूममा १०० प्रतिशत अथेन्टिक कोरियन ब्युटी प्रोडक्ट्स जस्तै स्किनकेयर, मेकअप, के–ब्यूटी आइटमहरू उपलब्ध छन् । विशेषगरी ग्लोइङ स्किन, हाइड्रेसन र एन्टी–एजिङ सम्बन्धी प्रोडक्टहरूमा जोड दिइएको राजदुत ताइयोङले बताउनु भयो ।

ड्रिम स्किन नेपालले अनलाइन डेलिभरी र वल्र्डवाइड शिपिङ सुविधा पनि उपलब्ध गराउँदै आएको छ । यो नयाँ शाखाले काठमाडौंको ब्युटी मार्केटलाई थप प्रतिष्पर्धी बनाउने अपेक्षा गरिएको छ । ग्राहकहरूले अब दरबारमार्गस्थित यो शोरूममा गएर आफ्नो ‘ड्रिम स्किन’ प्राप्त गर्न सक्नेछन् ।