२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति जुटेको छ ।

बैठक स्थलमा रहैका एक नेताका अनुसार सहमतिपत्रमा हस्ताक्षरको तयारी भै रहेको छ ।

यो पनि पढ्नुहोस- पार्टी सभापति रबि लामिछाने, प्रधानमन्त्री बालेन शाह हुने गरि सहमति

कमलपोखरीस्थित रास्वपा नेता असिम साहको कार्यालयमा बैठक बसिरहेको छ ।

बैठकमा रास्वपा सभापति रवि लामिछाने, नेता बालेन्द्र (बालेन) शाह र कुलमान घिसिङ सहभागी हुनुहुन्छ ।

यसैबिच जेनजी अगुवा सुदन गुरुङले रवि, बालेन र कुलमान चुनाबमा सँगै मिलेर जान तयार भएको जनाएका छन् ।

रवि र कुलमानसँगको फोटो सार्वजनिक गर्दै उनले लेखेका छन् ‘हाम्रो राष्ट्रको लागि, हाम्रो भविष्यको लागि, हाम्रो देशको लागि मिलाएरै छोडिम र इतिहासले सम्झनेछ। रवि बालेन र कुलमान चुनावमा सँगै लड्नेछन् ।’