काठमाडौँ । फुटबल चितवन क्लब (एफसी चितवन) का अध्यक्ष सचिन ढकाल रास्वपाको समानुपातिकको सुचीमा परेका छन् । नव युवा, जेनजी उमेरका फुटबल खेलाडी सचिन खेलकूद तथा युवाका क्षेत्रमा कार्यरत छन् ।
युवा समाजसेवी सचिन बालेन साहको कोटाबाट परेका हुन् । उनको नाम खस आर्यको २ नम्बर सूचीमा छ तर उनी बालेन साहको एक नम्बर सूचीका हुन् ।
पछिल्लो समय हस्पिटालिटीका क्षेत्रमा समेत सक्रिय उनको ब्यवस्थापनमा इला कम्फर्ट होटलहरू सन्चालनमा छन् ।












