२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुकलाई निकास दिन काँग्रेस–एमालेले अविलम्व सहकार्य गरेर अघि बढ्नुपर्छः रामबहादुर थापा



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वगृहमन्त्री रामबहादुर थापाले एमाले–काँग्रेसबीच अविलम्व सहकार्य गरेर अघि बढ्नुपर्ने बताउनुभएको छ ।

मुलुकमा निर्वाचनको माहौल खडा भइरहेका बेला उहाँले काँग्रेस र एमालेबीच तत्काल सहकार्य गरेर अघि बढ्नुपर्ने आवश्यकता आँैल्याउनुभएको हो । मंगलवार काठमाडौंमा मदन–आश्रित स्मृति प्रतिष्ठानले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपाध्यक्ष थापाले मुलुकमा संकटमा फसेको उल्लेख गर्दै त्यसलाई निकास दिन काँग्रेस–एमाले मोर्चाबन्दी कसेर अघि बढ्न ढिलाई गर्न नहुने बताउनु भयो । संसद पुनःस्थापना गरेर वा निर्वाचनमा गएर काँग्रेस एमालेले प्रतिगमनकारीहरुलाई परास्त गर्दै मुलुकलाई सही बाटोमा अघि बढाउनुपर्ने उहाँको भनाई थियो । उपाध्यक्ष थापाले निर्वाचनका लागि काँग्रेस र एमालेले बराबरी सिट संख्या बाँढेर सहकार्यका साथ अघि बढन सक्ने धारणा समेत राख्नुभयो ।

उहाँले भन्नुभयो, ‘काँग्रेस र एमालेको, दुवै शक्तिहरुको संयुक्त आन्दोलनबाट हामी लोकतन्त्रको पुनस्थापना गर्नसक्छौँ । त्यसकारण यो रणनीति, यो बाटोबाट हामी अगाडि बढ्यौँ भने हामीले लोकतन्त्रलाई फेरि पुनःस्थापना गर्न सकिन्छ । र, हाम्रो सहकार्य, हाम्रो मोर्चाले नै देशको राष्ट्रिय स्वाधिनता र अस्तित्वलाई हामी टिकाउन सक्छौँ । त्यसकारण अविलम्ब दुवै दलले अवको लोकतन्त्रलाई पुनस्थापित गर्ने रणनीति र यसका कार्यनीतिहरु सुविचारित ढंगले निश्चित गर्न जरुरी छ । त्यसकारणले नयाँ संसद पुनःस्थापना गरेर होस् वा विघटित संसद पुरानो संसदलाई पुनःस्थापना गरेर होस् । यो दुई वटा बोटाबाट हामी अगाडि बढ्नसक्छौँ । त्यसकारणले नयाँ संसदमा वामपन्थी लोकतन्त्रवादी शक्तिहरुको वर्चश्वलाई स्थापित गरेर हामी फेरि लोकतन्त्रलाई स्थापित गर्नसक्छौँ । वा हामीले विघटित संसदलाई पुनःस्थापित गरेर त्यो अदालतको बाटोबाट वा सडकको बाटोबाट फागुन २१ सम्म हामीलाई समय छ । त्यो हामीले हामीले पुरानो संसदलाई जहाँ वामपन्थी लोकतन्त्रवादीहरुको वर्चश्व थियो । त्यसलाई पुनःस्थापित गरेर लोकतन्त्रलाई पुनःस्थापित गर्न सकिन्छ । यो दुई वटा बाटो अहिले हाम्रो अगाडि छ । त्यसकारण यो दुई वटै बाटोबाट अघि बढने रणनीति हामीले तय गर्न जरुरी छ । त्यसकारण आगामी निर्वाचनमा जो फागुन २१ मा हुन गईरहेको छ । त्यो नहुन पनि सक्छ । यदि उनीहरुले आफू अनुकूल नभए त्यो नगर्न पनि सक्छन । तर त्यो उनीहरुले गर्दछन भन्ने मानेर हामीले दुई वटा शक्तिहरुले यो लडाईमा लोकतन्त्रवादीहरुलाई जिताउन र प्रतिगमनकारीहरुलाई परास्त गर्न मोर्चाबन्दी गर्न जरुरी छ ।’

उपाध्यक्ष थापाले भदौ २३ र २४ गते मुलुकमा प्रतिक्रान्ति भएको र देश गम्भिर संकटमा फसेको जिकीर गर्दै त्यसको निदान काँग्रेस, एमालेले मिलेर मात्रै दिनसक्ने समेत बताउनु भयो ।