एजेन्सी । सन् २०२५ भारतीय सिनेमाका लागि एउटा उत्कृष्ट वर्ष साबित भएको छ। यो वर्षले भारतीय सिनेमाको सिर्जनात्मक विविधतालाई निकै शानदार ढंगले प्रस्तुत गर्यो।
दर्शकहरूले बलिउडदेखि कन्नड, तमिल, मलयालमसम्म सबै भाषाका फिल्महरूलाई खुलेर मन पराए। विभिन्न भाषाका धेरै फिल्महरूले ग्लोबल बक्स अफिसमा पनि उल्लेखनीय प्रदर्शन गरेका छन्।
यो वर्ष बक्स अफिसमा १०० करोड रुपैयाँभन्दा बढी कमाइ गर्ने ३१ फिल्महरू रहे। तीमध्ये पाँचवटा हलिउड फिल्महरू हुन् भने २६ वटा भारतीय फिल्महरू समावेश छन्। यीमध्ये रजनीकान्तको ‘कुली’, ऋतिक रोशनको ‘वार–२’, पवन कल्याणको ‘दे कल हिम ओजी’, अक्षय कुमारका ‘हाउसफुल–५’, ‘स्काई फोर्स’ र ‘जॉली एलएलबी–३’, आयुष्मान खुरानाको ‘थामा’, धनुषको ‘तेरे इश्क में’, तेलुगु फिल्म ‘मिराई’ लगायतका धेरै फिल्महरू पर्दछन्।
सैकनिल्कको रिपोर्टअनुसार सन् २०२५ मा सबै भाषामा गरी करिब १,५७२ फिल्महरू रिलिज भएका छन्, जसमा २३४ वटा हिन्दी फिल्महरू रहेका छन्। सन् २०२५ मा भारतमा सबै फिल्महरूको कुल कलेक्सन १२,८६४.९ करोड रुपैयाँ पुगेको छ भने कुल भारतीय नेट कलेक्सन १०,९१५.८२ करोड रुपैयाँ रहेको छ।
यीमध्ये धेरै फिल्महरू कम बजेटमा निर्माण गरिएका भए पनि बक्स अफिसमा ती फिल्महरूले शानदार कमाइ गरेका छन्। त्यसैगरी, ठूला बजेट र चर्चित स्टारकास्ट भएका केही फिल्महरू भने नराम्ररी असफल पनि भए। यद्यपि, सबै भाषामा गरी २६ वटा यस्ता फिल्महरू रहे, जसले १०० करोड रुपैयाँभन्दा बढीको व्यवसाय गरे। सन् २०२५ धेरै कलाकारका लागि एकै वर्षमा धेरै फिल्म रिलिज हुने र कमब्याक गर्ने वर्षका रूपमा पनि रह्यो।
सन् २०२५ अक्षय कुमार, अजय देवगन, मोहनलाल, रश्मिका मन्दाना, कियारा आडवाणी, अनन्या पाण्डे र फातिमा सना शेखजस्ता अभिनेता तथा अभिनेत्रीहरूका लागि निकै विशेष वर्ष रह्यो। यस वर्ष यी कलाकारहरूको एकभन्दा बढी फिल्महरू रिलिज भए।
सबैभन्दा बढी कमाई गर्ने फिल्मः
फिल्म बजेट (करोड) कमाई
धुरन्धर ३०० १०२६ (प्रदर्शनरत)
कान्तारा च्याप्टर १ १२५ ८५२
छावा १३० ८०८
सैयारा ४५ ५७०
महावतार नरसिंहा ४० ३२७
लोका च्याप्टर १ ३० ३०४
फ्लप फिल्महरुः
फिल्म बजेट (करोड) कमाई
सिकन्दर २०० १७६
सन अफ सरदार २ १५० ६०
इरर्जेन्सी ६० २२
बागी ४ ८० ६६
आजाद ८० ८
धडक २ ४५ २९












