२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय भलिबल प्रतियोगिताः नेपाल पुलिस क्लब सेमिफाइनलमा



फाइल फोटो
अ+ अ-

काठमाडौँ। विभागीय टोली नेपाल पुलिस क्लबले मधेश प्रदेशलाई पराजित गर्दै नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फको खेलमा सेमिफाइनलमा पुगेको छ ।

त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा आज  सम्पन्न समूह ‘बी’ को खेलमा पुलिसले मधेश प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । सेमिफाइनल खेलमा पुलिसले आर्मीसँगको भेट पक्का गरेको छ ।

पुलिसले मधेश प्रदेशलाई पहिलो सेट २५–३ ले पराजित ग¥यो भने खेलको दोस्रो सेट २५–८ तथा तेस्रो सेट २५–९ ले आफनो पक्षमा पा¥यो । जितसँगै समूह विजेता बनेको पुलिसले शतप्रतिशत नतिजा निकाल्दै आठ अङ्क पु¥याएको छ । समान ३ खेलबाट ७ अङ्क जोडेको एपीएफ उपविजेता बन्यो ।

पराजित मधेश भने प्रतियोगितामा जितविहीन रह्यो । सुदूरपश्चिम प्रदेशले ३ अंक हात पार्दै तेस्रो स्थानमा चित्त बुझायो । यता आर्मी भने समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । रासस