काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा गएराति भएका चारै खेल बराबरीमा टुंगिएका छन् ।
म्यान्चेस्टर सिटी सन्डरल्यान्डसँग र लिभरपुल लिड्स युनाइटेडसँग गोलरहित बराबरीमा रोकिए ।
यस्तै, टोटेनहम र ब्रेन्टफोर्डले पनि गोलरहित बराबरी खेल्दै अंक बाँड्दा क्रिस्टल प्यालेस र फुलहमले १–१ को बराबरी खेले ।
खेलको ३९ औं मिनेटमा फिलिपे मटेटाले गोल गर्दै घरेलु टोलि प्यालेसलाई सुरुवाती अग्रता दिलाए । ८० औं मिनेटमा टम कायर्नीले गोल फर्काउँदै फुलहमको हार टारे ।












