२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यान्चेस्टर सिटी सन्डरल्यान्डसँग बराबरीमा रोकियो



अ+ अ-

काठमाडौं: इङलिस प्रिमियर लिग अन्तर्गत बिहीबार राति भएको खेलमा लिगको शीर्ष स्थानका लागि प्रतिस्पर्धा गरिरहेको म्यान्चेस्टर सिटी सन्डरल्यान्डसँग बराबरीमा रोकिएको छ ।

स्टेडियम अफ लाइट रंगशालामा भएको यस बराबरीसँगै सिटी र पहिलो स्थानको आर्सनल बिचको अंक दुरी ४ पुगेको छ । समान १९ खेल खेलेका दुबै टिमको लिगमा अहिले आर्सनलको ४५ अंक छ भने सिटीको ४१ अंक छ ।

एक पक्षीय पूरै खेल अवधिमा झण्डै ६८ प्रतिशत हिस्सा सिटीको पक्षमा रहे पनि गोल भएको थिएन । सिटीले एकपछि अर्को अवसर सिर्जना गरेपनि सन्डरल्यान्डका गोलरक्षकले उत्कृष्ट बचाउ गरेका थिए भने सन्डरल्यान्डका डिफेन्डरले पनि सिटीका अनेक आक्रमणलाई निस्तेज बनाएका थिए ।

यस सिजन सन्डरल्यान्डले पनि राम्रो प्रदर्शन गरिरहेको छ । यस टिमले १९ खेलबाट २९ अंक जोडेर सातौं स्थानमा आफूलाई उभ्याउन सफल भएको छ ।  गत डिसेम्बरमा एतिहाद रंगशालामा भएको खेलमा सिटीले सन्डरल्यान्डलाई ३–१ गोल अन्तरले पराजित गरेको थियो ।

खेल पछि प्रतिक्रिया दिँदै सिटीका म्यानेजर पेप गार्डिओलाले आफ्नो टिमले सुन्दर खेल प्रदर्शन गरी निरन्तर दबाबमा राखेपनि गोल हुन नसकेकामा आश्चर्य लागेको बताएका थिए । उनले सन्डरल्यान्डले पनि राम्रो खेल प्रदर्शन गरेकामा बधाई दिए ।