२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेसभित्रको परिवर्तनविरोधी शक्तिको षड्यन्त्र चिर्न विशेष महाधिवेशन आवश्यकः सहमहामन्त्री मन्सुर



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री फर्मुल्लाह मन्सुरले पार्टीले नयाँ नेतृत्व, नीति र कार्यदिशासहित आसन्न निर्वाचनमा जानुपर्ने बताउनुभएको छ ।

शुक्रवार पार्टी केन्द्रिय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले नियमित महाधिवेशनको औचित्य समाप्त भइसकेको भन्दै विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्नुपर्ने धारणा राख्नुभयो । काँग्रेसभित्रका परिवर्तनविरोधी शक्तिहरूको षड्यन्त्र चिर्न विशेष महाधिवेशन आवश्यक रहेको उहाँको भनाइ छ । उहाँले पार्टी महामन्त्री गगनकुमार  थापालाई पार्टी सभापति तथा प्रधानमन्त्रीका लागि अघि सारेर काँग्रेस निर्वाचनमा जानुपर्ने प्रश्ताव पनि राख्नुभयो । उहाँले महाधिवेशन हुन नदिई पार्टी कब्जा गर्ने प्रयास स्वीकार्य नहुने बताउनु भयो । उहाँले आसन्न निर्वाचनमा आफ्ना मान्छेहरुलाई टिकट बाँड्न नपाइने भएका कारण पार्टी नेतृत्व महाधिवेशन हुन नदिने पक्षमा रहेको आरोप पनि लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाली काँग्रेस नयाँ नेतृत्वको साथ आसन्न निर्वाचनमा जानुपर्छ । त्यसको  लागि नियमित महाधिवेशन गरौँ । यदि नियमित महाधिवेशन सम्भव छैन भनेर विषेश महाधिवेशन गरौँ । सोहीअनुसार नयाँ नेतृत्व, नीति र कार्यदिशाका साथ अगाडि बढ्नुपर्छ । गगनलाई नै पार्टी सभापति र प्रधानमन्त्रीको लागि अघि सारेर काँग्रेस निर्वाचनमा जानुपर्छ । अहिले महाधिवेशन गभयो भने आफ्ना मान्छेलाई टिकट बाड्न मिल्दैन भनेर पार्टी कब्जा गर्ने कार्य जसरी गरिएको छ यो स्वीकार्य हुदैन । काँग्रेसको परिवर्तनविरोधी शक्तिहरुको षड्यन्त्र जुन त्यसलाई चिर्नको लागि विषेश महाधिवेशन आवश्यक छ । महाधिवेशन गर्न नदिएर मै नेता हो भनेर त हुँदैन नि ।’

उहाँले पार्टीको विषेश महाधिवेशनको प्रक्रिया अघि बढिसकेका कारण नियमित महाधिवेशनको औचित्य समाप्त भइसकेको बताउनु भयो ।