२४ जेष्ठ २०८३, आईतवार
,
Latest
अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन नेपालको कसिलो बलिङ, ओमान ९४ रनमा अलआउट
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी



photo: rss
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ।

केहीबेरअघि सुरु भएको बैठकमा राष्ट्रियसभा निर्वाचन, पार्टीभित्रको आन्तरिक विषयवस्तुलगायत वर्तमान राजनीतिक अवस्थाबारे छलफल भइरहेको जनाइएको छ।

साथै, समसामयिक राजनीतिक अवस्था, पार्टीको संगठनात्मक सुदृढीकरण, सरकारको कार्यसम्पादन तथा आगामी रणनीतिबारे पनि छलफल भइरहेको बताइएको छ।

कांग्रेसले राष्ट्रियसभा निर्वाचनमा गठबन्धन गर्न एमाले र नेकपासँग छलफल गरिरहेको छ। त्यसबारे आजको बैठकले निर्णय लिनसक्ने सम्भावना छ।

यसअघि बसेको बैठकले वैशाखमा पार्टीको नियमित महाधिवेशन गर्ने कार्यतालिका ल्याएको थियो।

तर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकार्श शर्माले यही महिनाभित्रै विशेष महाधिवेशन गर्ने अडान लिइरहेका छन्।

महाधिवेशन विवाद चर्किएपछि निकासको लागि आजको बैठकमा त्यसबारे पनि छलफल हुने बुझिएको छ।