१६ असार २०८३, मंगलवार
,
Latest
आयल निगमले घटायो पेट्रोल, डिजेल, खाना पकाउने ग्यासको मूल्य मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश सरकार खेलकुद विकासमा लागिपरेको छ: मुख्यमन्त्री पाण्डे



अ+ अ-

लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकार खेलकुद क्षेत्रलाई प्राथमिकता राख्दै यसको विकासमा लागिपरेको बताउनुभएको छ ।

त्रिवेणी युवा क्लब बेँसीसहरको आयोजनामा आजदेखि बेँसीसहर नगरपालिका वडा नं ७ सहजीमा आयोजित ३३ औँ त्रिवेणी कपको समापन कार्यक्रममा उहाँले खेलकुद क्षेत्रको विकासका लागि निरन्तर लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

त्यस्तै गण्डकी प्रदेश खेलकुदका लागि राम्रो रहेको र यस्ता खेलकुद आयोजनाले पर्यटन विकासमा सहयोग पुर्‍याउने तथा स्थानीयको आम्दानी बढ्ने उहाँको भनाइ छ । त्यस्तै लमजुङको सहजी खेलमैदान व्यवस्थित गर्नका लागि प्रदेश सरकारले बजेट उपलब्ध गराउने मुख्यमन्त्री पाण्डेले बताउनुभयो ।

मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “पछिल्लो समयमा युवा पुस्ताले सामाजिक सञ्जालदेखि अन्य ठाउँमा मनलाग्दी बोल्दा समाजमा नकारात्मक असर पर्छ, होस पुर्‍याएर मात्र युवाले विषयवस्तु तयार गर्नुपर्छ ।” कार्यक्रममा प्रदेशका वनमन्त्री भेषबहादुर पौडेल, प्रदेशसभा सदस्य पार्वती तामाङ, बेसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्याल, सविधानसभा सदस्य जमिन्द्रमान घले लगायत सहभागिता रहेको थियो । रासस