२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

एथलेटिक्स खेलाडीलाई खेल सामग्री वितरण



अ+ अ-

काठमाडौं । एथलेटिक्स परिवार, नेपालको संयोजनमा गत महिना भारतको रांचीमा सम्पन्न साफ एथलेटिक्स च्याम्पियनसिपमा नेपालको लागि पदकसहित राष्ट्रिय कीर्तिमान कायम गर्ने र उदयीमान एथलेटिक्स खेलाडीलाई युवा तथा खेलकुद मन्त्री बव्लु गुप्ताले बेलायतमा रहेको नेपाल रन युकेबाट प्राप्त खेल सामग्री प्रदान गर्नु भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजित कार्यक्रममा मन्त्री गुप्ताले ५ हजार मि. र १० हजार मि दौडमा २ वटा कांश्य पदक र नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्ने खेलाडी धादिङकी सन्तोषी श्रेष्ठ, लङजम्पमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्ने आर्मीका सलिम देवान, नेपाल प्रहरीकी सीमाकुमारी चौधरीसहित उदीयमान खेलाडीहरु आर्मीका पूर्णलक्ष्मी न्यौपाने र निसा कार्की, गण्डकी प्रदेशकी नारायणी भण्डारी र बागमती प्रदेशकी मिङमार सिंह तामाङलाई खेल सामग्री प्रदान गरिएको एथलेटिक्स परिवार, नेपालका अध्यक्ष राजन खत्रीले जनाएका छन् ।