२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोरखा-काठमाडौँ एकीकरण मार्ग पदयात्रा कार्यक्रम गोरखाबाट सुरु



अ+ अ-

काठमाडौं: ३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस-२०८२ विविध कार्यक्रमहरू सहित मनाउने सिलसिलामा नेपाली सेनाको अगुवाईमा गोरखा-काठमाडौँ एकीकरण मार्ग पदयात्रा कार्यक्रम आज गोरखा दरबारबाट शुभारम्भ भएको छ ।

शुभारम्भ कार्यक्रममा गोरखा जिल्ला न्यायाधीश, जिल्ला समन्वय समितिका प्रमुख, गोरखा नगरपालिकाका प्रमुख, पश्चिम पृतनाका पृतनापति, स्थानीय जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

पदयात्रामा नेपालको राष्ट्रिय झन्डा, नेपाली सेनामा सबैभन्दा पहिले खडा भएका पाँच कम्पनीहरू (श्रीनाथ, कालीबक्स, बर्दवाणी, पुरानो गोरख तथा सबुज) को झन्डा र टर्चसहित गोरखा जिल्लामा तैनाथ श्री रुद्रध्वज गणबाट ऐतिहासिक सैनिक पोसाक तथा परम्परागत बाजागाजासहितको टोली सहभागी रहेको नेपाली सेनाले जनाएको छ ।

पदयात्रा कार्यक्रम धादिङ, नुवाकोट हुँदै हनुमानढोका पुगेर पुस २७ गते जङ्गी अड्डामा आयोजना हुने विशेष समारोहका बिच समापन हुनेछ ।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस-२०८२ को अवसरमा पुस २७ गते जङ्गी अड्डास्थित सभामण्डपमा राष्ट्र निर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको देन सम्बन्धी प्रवचन, लघु नाटक तथा वृत्तचित्र प्रदर्शनी, कविता प्रतियोगिता लगायतका कार्यक्रमहरू आयोजना हुनेछ ।

त्यस्तै, पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई भव्य रूपमा मनाउन देशभर र विदेशमा तैनाथ नेपाली सेनाका विभिन्न इकाईहरूमा विविध कार्यक्रमहरू सञ्चालन भइरहेका पनि सेनाले जनाएको छ ।




भर्खरै