काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि श्रीलङ्काका राजदूत रुवान्थी डेल्पिटियाले शिष्टाचार भेट गर्नुभएको छ ।
सिंहदबारस्थित मन्त्रालयमा आज भएको उक्त भेटमा उहाँहरुबीच नेपाल–श्रीलङ्का सम्बन्धका विविध आयामबारे विचारविमर्श भएको थियो ।
त्यसअवसरमा गृहमन्त्री अर्यालले नेपालको विकास प्रयासमा श्रीलङ्का सरकारले गरेको सहयोगप्रति आभार प्रकट गर्नुभएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
भेटमा राजदूत डेल्पिटियाले आफ्नो कार्यकालमा दुई देशबीचको दौत्य सम्बन्ध थप प्रगाढ सुने विश्वास व्यक्त गर्नुभयो । रासस












