१६ असार २०८३, मंगलवार
,
Latest
मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता साउदी अरब सरकारद्वारा ३३ जना नेपाली कैदीबन्दीलाई आममाफी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक सञ्जालमार्फत फैलाइएका असहिष्णुता अभिव्यक्तिप्रति प्रशासनको गम्भीर ध्यानाकर्षण, सद्भाव कायम राख्न अपिल



अ+ अ-

रौतहट। जिल्ला प्रशासन कार्यालय रौतहटले सामाजिक सञ्जालमार्फत फैलाइएका भड्काउ, उत्तेजक तथा असहिष्णु अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय रौतहट गौरमा भएको सर्वदलीय बैठकमार्फत जारी गरिएको सार्वजनिक अपिलमा पछिल्लो समय सामाजिक सञ्जालमार्फत फैलाइएका भड्काउ, उत्तेजक तथा असहिष्णु अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालद्वारा हस्ताक्षरित अपिलमा भनिएको छ, “सामाजिक सञ्जालमा फैलाइने अफवाह, उत्तेजक सामग्री तथा नकारात्मक सन्देशले सामाजिक एकता र धार्मिक सहिष्णुतामा गम्भीर असर पार्न सक्छ ।” यस्ता गैर जिम्मेवार गतिविधि गर्ने व्यक्ति वा समूहलाई कानुनबमोजिम कारबाहीको दायरामा ल्याइने चेतावनी दिइएको छ ।

अपिलमा नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक भएकाले विविधताभित्रको एकता नै देशको पहिचान भएको जनाइएको छ । यस्ता विविधताले समाजलाई जोड्ने काम गरे पनि पछिल्ला दिनमा सामाजिक सञ्जालको दुरूपयोग गरी धार्मिक, सामाजिक तथा सांस्कृतिक आस्थामाथि प्रहार गर्ने गतिविधि देखिन थालेको प्रशासनको भनाइ छ ।

सामाजिक सद्भाव बिगार्ने कुनै पनि प्रकारका गैरकानुनी गतिविधि, प्रदर्शन वा उत्तेजनालाई निरुत्साहित गर्न स्थानीय प्रशासन तथा सुरक्षा निकायलाई थप सतर्क रहन निर्देशन गरिएको छ । सामाजिक एकता विथोलिएमा त्यसको परिणाम गम्भीर हुने भएकाले सबै नागरिकलाई सचेत रहन आग्रह गरिएको छ ।

देशका केही जिल्लामा जस्तै यस रौतहट जिल्लामासमेत देखा परेको धार्मिक, जातीय तथा सामाजिक सद्भाव र सहिष्णुतामा असर पर्नेगरी प्रदर्शन गरिएका उत्तेजक गतिविधि, अफवाह वा सामाजिक सञ्जालमर्फत फैलाएका नकारात्मक संदेशमा निगरानी बढाउन र दोषीलाई कानुन बमोजिम कारबाहीको दायरामा ल्याउन र यस्ता गैरकानुनी प्रयासलाई निस्तेज बनाउन स्थानीय प्रशासन तथा सुरक्षा निकायलाई अनुरोध गर्ने समेत बैठकले निर्णय गरेको उक्त अपिलमा जनाइएको छ ।

पछिल्ला दिनमा सामाजिक सञ्जालको दुरूपयोग गरी भड्काउपूर्ण अभिव्यक्ति दिने र त्यसैका आधारमा अरुको धार्मिक, सामाजिक, सांस्कृतिक धरोहर, आस्था र विश्वासमाथि प्रहार गर्ने जस्ता अस्वभाविक र गैरजिम्मेवार गतिविधि र हर्कतप्रति गम्भीर ध्यानाकर्षण भएको छ अपिलमा भनिएको छ ।

यस्ता गतिविधिमार्फत सामाजिक एकता, भ्रातृत्व र मानवीय मूल्य मान्यताको मूल मर्मलाई नै धुमिल बनाउने प्रयासप्रति खेद व्यक्त गर्दै सामाजिक एकतालाई विभाजन गर्ने असामाजिक तत्वबाट सचेत रहनसमेत प्रशासनले अपिल गरेको छ ।

अपिलमा रौतहट जिल्लामा शान्ति, सद्भाव र भाइचारा कायम राख्न राजनीतिक दल, जनप्रतिनिधि, स्थानीय सरकार, सामाजिक अभियन्ता, धार्मिक अगुवा, सञ्चारकर्मी, नागरिक समाज, शिक्षक, विद्यार्थी, कर्मचारी तथा सर्वसाधारणलाई आ–आफ्नो क्षेत्रबाट सकारात्मक भूमिका निर्वाह आग्रह गरिएको छ ।