१६ असार २०८३, मंगलवार
,
Latest
मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता साउदी अरब सरकारद्वारा ३३ जना नेपाली कैदीबन्दीलाई आममाफी
तपाईं के खोज्दै हुनुहुन्छ ?

गैरीगाउँमा भएको आगलागीबाट रु एक करोड ६२ लाखको क्षति



अ+ अ-

काठमाडौँ। काठमाडौँ महानगरपालिका–९ सिनामङ्गल गैरीगाउँमा भएको मङ्गलबार भएको आगलागीका कारण रु एक करोड ६२ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

गैरीगाउँस्थित शक्ति विनायक मार्ग बस्ने ईश्वर कार्कीले सञ्चालन गरेको गोदाममा विद्युत् सर्ट भई मङ्गलबार दिउँसो लागेको आगो फैलिएर नजिकै रहेको लोएला सेकेण्डरी स्कुलको गोदाममा आगलागी हुँदा उक्त क्षति भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिनुभयो ।

उहाँका अनुसार मङ्गलबार दिउँसो ३ः१५ बजे लागेको उक्त आगो ४ः४५ बजे मात्रै दमकलको सहयोगमा सुरक्षा निकाय र स्थानीयले आगो नियन्त्रणमा लिएको थियो । रासस