१६ असार २०८३, मंगलवार
,
Latest
मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता साउदी अरब सरकारद्वारा ३३ जना नेपाली कैदीबन्दीलाई आममाफी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भेरीगङ्गामा बाघको आक्रमणबाट महिलाको मृत्यु



अ+ अ-

कर्णाली। बाघको आक्रमणबाट सुर्खेत भेरीगङ्गा नगरपालिका निवासी एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भेरीगङ्गा नगरपालिका–५ सुर्खेत गेरवानी निवासी ५७ वर्षीय गङ्गा सारु रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुधीरराज शाहीले जानकारी दिनुभयो ।

मृतक सारुका श्रीमान नरबहादुर सारुका अनुसार गङ्गा सारु मङ्गलबार बिहान ८ बजे कसैलाई घरबाट जानकारी नदिइ बाहिर निस्केकी थिइन् ।

आज बिहान ९ बजेको समयमा सारुको दुई नातिनीले घरदेखि १०० मिटर उत्तर सालघारीमा बाख्रालाई घाँस काट्न गएको अवस्थामा सारुले लगाएका कपडा चप्पलसहित सोही स्थानमा रगत देखेको र करिब ६०० मिटर पूर्वतर्फ महिलाको टाउको भेटिएको भनी १०ः३० बजे अस्थायी प्रहरी पोष्ट बबई सुर्खेतमा जानकारी गराएका थिए ।

उक्त जानकारीपश्चात् प्रहरी, नेपाली सेनाको टोली, वनका कर्मचारी र स्थानीय जनप्रतिनिधिसहितको २०/२५ जनाको टोली खटिएको थियो ।

खोजतलासका क्रममा महिलाको टाउको फेला परेको स्थानबाट करिब ३०० मिटर पश्चिमतर्फ महिलाको शरीरका अन्य भाग फेला परेको प्रहरी उपरीक्षक शाहीले बताउनुभयो । उहाँका अनुसार बाघले महिलाको बायाँ खुट्टा, हात र कम्मरको भागको मासु पूर्ण रूपमा खाएको अवस्थामा शरीर फेला परेको थियो ।

त्यसैगरी, सुर्खेत प्रहरीले आजै लेकबेंसी नगरपालिका–९ सुर्खेतका ३८ वर्षीय धनबहादुर रावतलाई एक थान भरुवा बन्दुकसहित पक्राउ गरेको छ ।