१३ असार २०८३, शनिबार
,
Latest
एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ डेम्बेलेको ह्याट्रिकसँगै फ्रान्स समूह ‘आई’ को विजेता, नर्वे ४–१ गोलले पराजित रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली सिरिज ‘घर…एक सपना’ DishHomeGO OTT एपमा शुक्रबारदेखि स्ट्रिमिङ



अ+ अ-

काठमाडौं । नेपाली दर्शकहरूका लागि कन्टेन्ट प्रस्तुत गर्दै आएको DishHomeGO OTT एपले नेपाली सिरिज ‘घर…एक सपना’ भोलि शुक्रबारदेखि एपमार्फत स्ट्रिमिङका लागि उपलब्ध गराउने भएको छ।

सरोज खनाल, लक्ष्मी गिरी, विश्व बस्नेतलगायत चर्चित कलाकारहरूको अभिनय रहेको यस सिरिज अब दर्शकहरूले DishHomeGO OTT एपमा हेर्न सक्नेछन्। आयुषा पोखरेलको प्रस्तुति रहेको सिरिजले एक नेपाली परिवारको बिखरिँदो सम्बन्ध, जिम्मेवारी, लोभ र सपनाबीचको द्वन्द्वलाई मार्मिक तथा यथार्थपरक ढंगले चित्रण गरेको छ। कथावस्तुले पात्रहरूलाई जीवनका कठोर मोडहरू पार गर्दै घर, परिवार र सम्बन्धको वास्तविक मूल्य बुझ्ने भावनात्मक यात्रामा अघि बढाउँछ।

लेखक तथा निर्देशक अजित लामिछानेको निर्देशनमा बनेको यस सिरिजमा नेपाली चलचित्र तथा टेलिभिजन क्षेत्रका अनुभवी र लोकप्रिय कलाकारहरूको सशक्त अभिनय देख्न सकिन्छ। सिरिजमा विश्व बस्नेतसँगै सुरेश थापा, सृजना अधिकारी, बिप्लभ लोहनी, पुष्पाञ्जली लिम्बु र सुनील तामाङको पनि अभिनय रहेको छ।

पारिवारिक सम्बन्धको गहिराइ, भावनात्मक उतारचढाव र सामाजिक यथार्थलाई केन्द्रमा राखेर सिरिजलाई प्रभावशाली रूपमा प्रस्तुत गरिएको छ।

DishHomeGO OTT एप नेपालकै अग्रणी डिजिटल मनोरञ्जन प्लेटफर्मका रूपमा स्थापित हुँदै आएको छ, जहाँ नेपाली तथा अन्तर्राष्ट्रिय खेलकुद, चलचित्र, सिरिज, विविध मनोरञ्जनात्मक सामग्री तथा लाइभ टेलिभिजन सहज रूपमा उपलब्ध छन्। DishHome ले गुणस्तरीय, नयाँ र मौलिक नेपाली सामग्रीमार्फत डिजिटल मनोरञ्जनको अनुभवलाई अझ समृद्ध र रोमाञ्चक बनाउँदै आएको छ।