२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आई.एम.ई. लाइफ इन्स्योरेन्सको नवौं वार्षिक साधारण सभा सम्पन्न, १०.५२६३२ प्रतिशत नगद लाभांश पारित



अ+ अ-

काठमाडौँ । आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नवौं वार्षिक साधारण सभा बिहीबार काठमाडौँको सम्पन्न भएको छ। कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालको सभाध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०८१र०८२ का महत्वपूर्ण प्रस्तावहरू पारित गरेको छ।

सभाले सामान्य प्रस्ताव अन्तर्गत आर्थिक वर्ष २०८१र०८२ को सञ्चालक समितिको प्रतिवेदन, सोही वर्षको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचिसहितको वित्तीय विवरण पारित गरेको छ। साथै, आर्थिक वर्ष २०८२र०८३ का लागि कम्पनीको बाह्य लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि स्वीकृत गरिएको छ।

सभाले सञ्चालक समितिको प्रस्तावअनुसार आर्थिक वर्ष २०८१र०८२ को वितरणयोग्य मुनाफाबाट कम्पनीको तत्काल कायम रहेको चुक्ता पुँजीको १०.५२६३२ प्रतिशतका दरले हुने रु. ५२ करोड ६३ लाख १५ हजार ७ सय ८९ रुपैयाँ नगद लाभांश (कर प्रयोजनसमेतका लागि) वितरण गर्ने निर्णय पारित गरेको छ।

विशेष प्रस्ताव अन्तर्गत सभाले कम्पनीको प्रबन्ध–पत्र तथा नियमावलीमा अभिलेख गर्ने निकायबाट कुनै फेरबदलको निर्देशन प्राप्त भएमा सोही अनुसार संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ। साथै, आर्थिक वर्ष २०८१र०८२ मा संस्थागत सामाजिक उत्तरदायित्व ९ऋक्च्० अन्तर्गत कम्पनीबाट भएको खर्चलाई पनि सभाले अनुमोदन गरेको छ।

सभामा सम्बोधन गर्दै सभाध्यक्ष तथा सञ्चालक समितिका अध्यक्ष डा. अर्यालले कम्पनीको उन्नति र प्रगतिमा निरन्तर सुझाव र सहयोग गर्ने शेयरधनीहरू, सञ्चालक समिति सदस्यहरू, कम्पनीप्रति विश्वास गर्ने बीमितहरू, नियमनकारी निकाय, पुनर्बीमा कम्पनीहरू, कर्मचारी, अभिकर्ता, बैंक तथा वित्तीय संस्था र अन्य शुभेच्छुकप्रति हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो।