१६ असार २०८३, मंगलवार
,
Latest
सम्पादक मिश्रलाई चार महिना कैद परराष्ट्रमन्त्री खनालसँग रूसी महासङ्घका राजदूतको शिष्टाचार भेट परराष्ट्रमन्त्री खनालसँग रूसी महासङ्घका राजदूतको शिष्टाचार भेट देशभरका होटेलको खाद्य गुणस्तर अनुगमन गर्न ७७ वटै सीडीओलाई गृह मन्त्रालयको निर्देशन महान्यायाधिवक्ता डा कँडेल नेपाल–बेलायत आवतजावतको अभिलेख झिकाउन आदेश पर्वतीय विषयलाई विश्व जलवायु एजेण्डाको केन्द्रमा राख्नुपर्छ : वनमन्त्री चौधरी सदर चिडियाखानामा बर्डफ्लु नियन्त्रणमा मौद्रिक नीतिले बैंकिङ क्षेत्रका विद्यमान चुनौती सम्बोधन गर्नेमा बैंकर्स संघ आशावादी बजेटको लक्ष्यलाई सघाउने गरी मौद्रिक नीति आउँछ, नीतिगत ‘डिस्कनेक्ट’ अन्त्य हुनुपर्छः डेपुटी गभर्नर पौडेल बिमवाङमा खेलमैदान निर्माण
तपाईं के खोज्दै हुनुहुन्छ ?

सशस्त्र प्रहरी दिवसमा कैदीबन्दीलाई कपडा वितरण



अ+ अ-

पर्सा। सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर पर्साले २५औँ सशस्त्र प्रहरीका अवसरमा वीरगञ्ज कारागारमा रहेका महिला कैदीबन्दीलाई सल तथा न्यानो कपडा वितरण गरेको छ ।

सशस्त्र प्रहरीले आज यहाँ कारागारमा एक कार्यक्रमबीच कारागारमा रहेका ६२ जना महिला कैदीबन्दीलाई सल र कैदीबन्दीका पाँच बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं १३ गण हेडक्वाटर पर्साका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्टले सशस्त्र प्रहरीले न्यायो कपडा वितरण तथा स्वास्थ्य शिविर गरेको जानकारी दिनुभयो ।

त्यस्तै, सशस्त्र प्रहरीले आज नै वीरगञ्ज महानगर १ छपकैयाँस्थित बविता पराजुली आधारभूत विद्यालयको प्राङ्गणमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ । उक्त आँखा शिविरबाट ७८ जना स्थानीय लाभान्वित भएका छन् । रासस