१६ असार २०८३, मंगलवार
,
Latest
सम्पादक मिश्रलाई चार महिना कैद परराष्ट्रमन्त्री खनालसँग रूसी महासङ्घका राजदूतको शिष्टाचार भेट परराष्ट्रमन्त्री खनालसँग रूसी महासङ्घका राजदूतको शिष्टाचार भेट देशभरका होटेलको खाद्य गुणस्तर अनुगमन गर्न ७७ वटै सीडीओलाई गृह मन्त्रालयको निर्देशन महान्यायाधिवक्ता डा कँडेल नेपाल–बेलायत आवतजावतको अभिलेख झिकाउन आदेश पर्वतीय विषयलाई विश्व जलवायु एजेण्डाको केन्द्रमा राख्नुपर्छ : वनमन्त्री चौधरी सदर चिडियाखानामा बर्डफ्लु नियन्त्रणमा मौद्रिक नीतिले बैंकिङ क्षेत्रका विद्यमान चुनौती सम्बोधन गर्नेमा बैंकर्स संघ आशावादी बजेटको लक्ष्यलाई सघाउने गरी मौद्रिक नीति आउँछ, नीतिगत ‘डिस्कनेक्ट’ अन्त्य हुनुपर्छः डेपुटी गभर्नर पौडेल बिमवाङमा खेलमैदान निर्माण
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली सेनाको एकीकरण टर्च र्‍याली नुवाकोटमा



अ+ अ-

वाकोट। नेपाल एकीकरणका क्रममा तत्कालीन राजा पृथ्वीनारायण शाह हिँडेको बाटो पछ्याउँदै पदयात्रा सुरु गरेको नेपाली सेनाको ‘एकीकरण टर्च र्‍याली’को नवाकोटस्थित साततले दरबार, भैरवीदेवी मन्दिरमा स्वागत गरिएको छ ।

सोमबार गोरखाबाट सुरु भएको एकीकरण मार्ग–पदयात्रा काठमाडौँसम्म पैदल जाने क्रममा आज विदुर–२ स्थित पृथ्वीनारायण शाहले निर्माण गर्नुभएको ऐतिहासिक साततले दरबारमा आइपुगेको हो ।

बुधबार अपराह्न नै नुवाकोट प्रवेश गरेको पदयात्रा जिल्लाको भर्‍याङभुरुङ, सामरी, राइसिंह हुँदै शुभघाटमा बाँस बसेर आज नुवाकोट दरबार आइपुगेको हो । साततले दरबारस्थित भैरवीदेवी मन्दिर परिसरमा विदुर नगरपालिकाको नगरप्रमुख राजन श्रेष्ठसहित नगरपालिकाको जनप्रतिनिधिहरु, कर्मचारी, स्थानीयवासीको उल्लेख्य उपस्थिति थियो ।

उक्त अवसरमा नेपाली सेनाको ६ नं बाहिनी धादिङका बाहिनीपति सुवासचन्द्र थापा, नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीसहित जिल्लास्थित सुरक्षा निकाय नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान कार्यालय, जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधि एकीकरण मार्ग–पदयात्राको टोलीलाई स्वागत गर्नुभएको थियो ।

नेपाल एकीकरण पदमार्ग–पदयात्रामार्फत इतिहासको जगेर्ना, पुर्खाले पुर्‍याएको योगदानको संरक्षण र हराउँदै जीर्ण हुँदै गएका पुरातात्विक, धार्मिक तथा ऐतिहासिक संरचनाको जगेर्नामार्फत पयर्टन प्रवद्र्धनमा योगदान पुर्‍याउने लक्ष्य लिइएको श्री शेरगणका गणपति प्रमुख सेनानी अशोककुमार मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार पुर्खाले पुर्‍याएको योगदानको सम्मान गर्दै अहिलेका युवा पिँढीमा राष्ट्रभाव उत्पन्न गराउन ‘एकीकरण मार्ग पदयात्रालाई महत्वका रुपमा लिइएको छ ।

नेपाल एकीकरणका क्रममा पृथ्वीनारायण शाहले प्रयोग गर्नुभएको मार्गलाई एकीकरण पदमार्गका रुपमा विकास गर्नका लागि विसं २०७६ देखि सुरु भएको हो । एकीकरण मार्ग–पदयात्रालाई धादिङको भैरव गणले नुवाकोटको श्री शेर गणलाई पदयात्रामा रहेको एकीकरण दीपज्योतिसहित तत्कालीन पृथ्वीनारायण शाहले स्थापना गरेको पाँच कम्पनीको झण्डा र राष्ट्रिय झण्डा हस्तान्तरण गरेको हो ।

गोरखा दरबारबाट निकालिएको दीपज्योतिमा पृथ्वीनारायण शाहले स्थापना गरेको नेपाली सेनाका प्रथम पाँच कम्पनी श्रीनाथ, कालीबक्स, पुरानो गोरख, बर्दबहादुर र सबुजका झण्डा, नेपालको राष्ट्रिय झण्डा र बाजागाजासहित पैदलमार्ग हुँदै काठमाडौँ पुर्‍याइने छ ।

नुवाकोटबाट काठमाडाँैतर्फ प्रस्थानका क्रममा पदयात्रालाई श्री शेर गण नुवाकोटले २६ गते भैरवीदल गण काठमाडौँमा ‘एकीकरण टर्च’सहित प्रथम पाँच सैनिक कम्पनीको झण्डा र राष्ट्रिय झण्डा हस्तान्तरण गर्ने कार्यक्रम छ । रासस