१६ असार २०८३, मंगलवार
,
Latest
सम्पादक मिश्रलाई चार महिना कैद परराष्ट्रमन्त्री खनालसँग रूसी महासङ्घका राजदूतको शिष्टाचार भेट परराष्ट्रमन्त्री खनालसँग रूसी महासङ्घका राजदूतको शिष्टाचार भेट देशभरका होटेलको खाद्य गुणस्तर अनुगमन गर्न ७७ वटै सीडीओलाई गृह मन्त्रालयको निर्देशन महान्यायाधिवक्ता डा कँडेल नेपाल–बेलायत आवतजावतको अभिलेख झिकाउन आदेश पर्वतीय विषयलाई विश्व जलवायु एजेण्डाको केन्द्रमा राख्नुपर्छ : वनमन्त्री चौधरी सदर चिडियाखानामा बर्डफ्लु नियन्त्रणमा मौद्रिक नीतिले बैंकिङ क्षेत्रका विद्यमान चुनौती सम्बोधन गर्नेमा बैंकर्स संघ आशावादी बजेटको लक्ष्यलाई सघाउने गरी मौद्रिक नीति आउँछ, नीतिगत ‘डिस्कनेक्ट’ अन्त्य हुनुपर्छः डेपुटी गभर्नर पौडेल बिमवाङमा खेलमैदान निर्माण
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘रोजगारी सृजनामा सहकारीको भूमिका महत्वपूर्ण’



अ+ अ-

काठमाडौँ। पूर्वसहकारीमन्त्री एवं राष्ट्रिय सहकारी महासङ्घका पूर्वअध्यक्ष केशव बडालले सहकारीले रोजगारी सृजना गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ ।

नेपाल कृषि सहकारी केन्द्रीय सङ्घको १८ औँ वार्षिक साधारणसभा तथा पाँचौँ अधिवेशन उद्घाटन गर्दै उहाँले सङ्घले देशका विभिन्न जिल्लामा शाखा विस्तार गरी विशेषगरी महिलालाई केन्द्रमा राखेर स्वरोजगारका अवसर प्रदान गरिरहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडले देशभर आफ्ना शाखाहरू स्थापना गरी घरमै बसेर रोजगारी दिने वातावरण सृजना गरेको छ । आज ९० प्रतिशतभन्दा बढी महिलाले सञ्चालन गरेका सहकारी संस्थाहरू सक्षम र आत्मनिर्भर बन्दै गएका छन्, जुन सहकारी अभियानका लागि प्रेरणादायी कुरा हो ।”

सहकारीहरू गरिब, विपन्न, पिछडिएका वर्ग तथा महिलाहरूका लागि आयआर्जनको महत्वपूर्ण माध्यम भएकाले सरकारले सहकारी क्षेत्रलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याउनुपर्ने उहाँको धारणा थियो ।

नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ लिमिटेडका अध्यक्ष खेमबहादुर पाठकले कार्यपत्र प्रस्तुत गर्दै सहकारी अभियानमार्फत देशका पिछडिएका तथा ग्रामीण क्षेत्रका नागरिकलाई आर्थिक रूपमा सशक्त बनाउने प्रयास भइरहेको जानकारी दिनुभयो । उहाँले गाउँ–गाउँमा सहकारी स्थापना गरी रोजगारी सिर्जना गर्न संघ सफल भएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि सङ्गठन (एफएओ) भुटान तथा नेपालका लागि देश प्रतिनिधि केन सिमिजुले नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ लिमिटेडले गरेको कामको प्रशङ्सा गर्दै सहकारीमार्फत कृषक र महिलाको जीवनस्तर उकास्न योगदान पुगेको बताउनुभयो ।

त्यस अवसरमा देशभरका सहकारी प्रतिनिधि, सरोकारवाला निकायका प्रतिनिधि तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता छ। रासस