१६ असार २०८३, मंगलवार
,
Latest
सम्पादक मिश्रलाई चार महिना कैद परराष्ट्रमन्त्री खनालसँग रूसी महासङ्घका राजदूतको शिष्टाचार भेट परराष्ट्रमन्त्री खनालसँग रूसी महासङ्घका राजदूतको शिष्टाचार भेट देशभरका होटेलको खाद्य गुणस्तर अनुगमन गर्न ७७ वटै सीडीओलाई गृह मन्त्रालयको निर्देशन महान्यायाधिवक्ता डा कँडेल नेपाल–बेलायत आवतजावतको अभिलेख झिकाउन आदेश पर्वतीय विषयलाई विश्व जलवायु एजेण्डाको केन्द्रमा राख्नुपर्छ : वनमन्त्री चौधरी सदर चिडियाखानामा बर्डफ्लु नियन्त्रणमा मौद्रिक नीतिले बैंकिङ क्षेत्रका विद्यमान चुनौती सम्बोधन गर्नेमा बैंकर्स संघ आशावादी बजेटको लक्ष्यलाई सघाउने गरी मौद्रिक नीति आउँछ, नीतिगत ‘डिस्कनेक्ट’ अन्त्य हुनुपर्छः डेपुटी गभर्नर पौडेल बिमवाङमा खेलमैदान निर्माण
तपाईं के खोज्दै हुनुहुन्छ ?

एचआइभी सङ्क्रमितलाई पोषण खर्च



फाइल फोटो
अ+ अ-

बैतडी। पाटन नगरपालिकाले चालु आर्थिक वर्षमा एचआइभी सङ्क्रमितलाई पोषण खर्च उपलब्ध गराउने भएको छ ।

आव २०७९/८० देखि एचआइभी सङ्क्रमितलाई नगरपालिकाले पोषण खर्च उपलब्ध गराउँदै आएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताउनुभयो ।

चालु आवमा एचआइभी सङ्क्रमितलाई पोषण खर्च उपलब्ध गराउन रु एक लाख विनियोजन गरिएको उहाँले बताउनुभयो । अहिले नगर क्षेत्रभित्र ३६ एचआइभी सङ्क्रमित रहेका छन् । उनीहरुलाई सोही रु एक लाखबाट पोषण खर्च उपलब्ध गराइने उहाँले बताउनुभयो ।

आव २०७९/८० मा एचआइभी सङ्क्रमितलाई तीनदिने व्यावसायिक तालिमसहित उनीहरुलाई वस्तुगत टेवाका लागि प्रतिव्यक्ति रु १२ हजारका दरले उपलब्ध गराएको छ । आव २०८०/८१ मा पोषण खर्चबापत प्रतिव्यक्ति रु ६ हजारका दरले उपलब्ध गराइएको थियो । गत आवमा ३५ जनालाई जनही रु पाँच हजार सातका दरले पोषण खर्च उपलब्ध गराएको थियो ।

एचआइभी सङ्क्रमितलाई जीवनयापनमा सहज होस् भनेर पोषण खर्चका लागि रकम विनियोजन गरिएको नगर प्रमुख गौरीसिंह रावलले बताउनुभयो । रासस