काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आह्वान हुन लागेको विशेष महाधिवेशन आजबाट सुरु हुदैछ ।
विशेष महाधिवेशन तयारी सम्पन्न भएको विशेष महाधिवेशन आयोजक समितिले जनाएको छ । भृकुटीमण्डपको खुला चौरमा उद्घाटनसत्र हुने छ ।
विशेष महाधिवेशनको सभापतित्व कांग्रेस काठमाडौँका सभापति कृष्ण सबुज बानियाँले गर्नुहुने तय भएको जनाईएको छ ।
विहान ११ बजे काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट र्याली निस्कने र सो र्याली विशेष महाधिवेशनको स्थलमा आईपुगेपछि दिउँसो १ बजे हुने उद्घाटन हुने कार्यक्रम रहेको छ ।
अधिकांश महाधिवेशन प्रतिनिधि काठमाडौँ आइसकेका छन्। विशेष महाधिवेशन आयोजक समितिले महाधिवेशनमा ६० प्रतिशत महाधिवेशन प्रतिनिधि सहभागी हुने दाबी गरेका छन् ।
विशेष महाधिवेशनको माग गरी असोज २९ गते पार्टी कार्यालय सानेपामा दर्ता गर्दा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर थिए।












