१६ असार २०८३, मंगलवार
,
Latest
जलवायु न्यायमा मन्त्री चौधरीको जोड, पर्वतीय एजेन्डालाई विश्व जलवायु बहसको केन्द्रमा राख्न आग्रह नेपालीहरूको जीवन दर्शन नै सेवा, करुणा, प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित : राष्ट्रपति… ‘हुलाक ऐन, २०१९’ संशोधन गर्न माग नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह विदेशी आवासीय अनुमति लिएका ४ कर्मचारी सरकारी सेवाबाट अयोग्य ठहरिने गरि कारबाही सिफारिस सरकारको हस्तक्षेपले एन्फा निलम्बनमा परेको ओलीको आरोप उत्पादनमा आधारित उद्योगलाई सरकारले प्रोत्साहन गर्छः मुख्यमन्त्री बानियाँ सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन पहिरोले सङ्खुवासभाको तेन्छोङ बस्ती विस्थापित, २८ घरपरिवार र स्वास्थ्यचौकी जोखिममा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजदेखि अर्घाखाँची महोत्सव



Oplus_131072
अ+ अ-

अर्घाखाँची।अर्घाखाँचीको सन्धिखर्कमा आजदेखि सातौँ अर्घाखाँची महोत्सव एवं कृषि, पर्यटन संस्कृति औद्योगिक तथा व्यापार मेला सुरु  भएको छ ।

अर्घाखाँची चेम्बर अफ कमर्सको  आयोजनामा सन्धिखर्कको कुँडुले फाँटमा आउँदो माघ ११ गतेसम्म सञ्चालन हुने महोत्सवको आज भव्य कार्यक्रम, पञ्चेबाजा र विभिन्न झाँकीसहित सुरु भएको हो ।

स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने तथा जिल्लाका पर्यटकीय क्षेत्रलाई टेवा पु¥याउने उद्देश्यसहित महोत्सवको आयोजना गरिएको अर्घाखाँची चेम्बर अफ कमर्सका अध्यक्ष अशोक श्रेष्ठले बताउनुभयो ।

महोत्सवको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री दिनेश पन्थीले मेला महोत्सवले स्थानीय उत्पादनलाई बढावा दिनुपर्ने बताउनुभयो ।

स्थानीय रुपमा उत्पादन हुने कृषिजन्य वस्तुको बिक्री–वितरणमा महोत्सवबाट मद्दत पुग्ने बताउनुभयो । सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले अर्थतन्त्र सुधारमा मेला महोत्सवको भूमिका रहेको बताउनुभयो । उहाँले मेलामा सहभागी भएर सस्तो मूल्यमा गुणस्तरीय वस्तु तथा सेवा लिएर उपयोग गर्न पनि अर्घाखाँचीवासीलाई अनुरोध गर्नुभयो ।

महोत्सवको उद्घाटनमा स्थानीय लोकभजन, लाखेनाच, पञ्चेबाजा सहितका स्थानीय विभिन्न झाँकीहरु प्रस्तुत गरिएको थियो । प्रदेशसभा सदस्य रामजीप्रसाद घिमिरेले जिल्लाका पर्यटकीयस्थलको प्रचारप्रसार गर्न सके अर्घाखाँचीमा बढीभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइरालाले अर्घाखाँचीको स्थानीय उत्पादनको बिक्री–वितरण र पर्यटकीयस्थलको प्रचारप्रसारमा महोत्सवले भूमिका खेल्ने बताउँदै अर्घाखाँची चुनढुङ्गाको पनि राम्रो सम्भावना भएको जिल्ला भएको बताउनुभएको छ । रासस