२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

करातेकी सानुमाया सम्मानित



अ+ अ-

काठमाडौं। कमला कार्की स्मृति प्रतिष्ठानले कराते खेलाडी सानुमाया थिङलाई आइतबार नगदसहित सम्मान गरेको छ ।

विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्दै चन्द्रागिरी नगरपालिकासंगै देशको गौरव अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पु¥याएवापत दसौं स्मृति दिवसका अवसरमा सानुमायालाई सम्मान गरिएको हो ।

विश्व कराते च्याम्पियनसिपमा छनोट हुँदै प्रतिस्पर्धा गरेकी काता खेलाडी सानुमायाले दक्षिण एसियाली कराते च्याम्पियनसिप, एसिया प्यासिफिक कराते च्याम्पियनसिपलगायत विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेकी छन् ।

प्रतिष्ठानले विगतमा भलिबलका सलिना श्रेष्ठ, प्रतिभा माली र रेश्मा भण्डारी, बक्सिङकी ललिता महर्जन, करातेकी अन्जली महर्जनलगायतलाई सम्मान गरेको थियो ।

चन्द्रागिरी नगरपालिकाको तीनथानस्थित ब्राइट फ्युचर स्कुलमा आयोजित सोही कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पु¥याएका महिला पत्रकार विष्णु पन्थी, कलाकार÷अभियन्ता डा. सुन्जु भट्ट बस्नेत, जेष्ठ नागरिकद्वय नानी कार्की र साहिली कार्कीलाई पनि सम्मान गरिएको थियो । सम्मानित सबै चन्द्रागिरी नगरपालिकाका हुन् ।

उनीहरुलाई नेपाल पत्रकार महासंघकी सभापति निर्मला शर्मा, पूर्व मन्त्री कृष्णगोपाल श्रेष्ठ, बागमती प्रदेशका सांसद केशव पोख्रेल, प्रतिष्ठानका अध्यक्ष मोहनकुमार कार्की, संरक्षक अम्बिका बुढाथोकीलगायतले जनही १५ हजार १ रुपैयाँ नगदसहित दोसल्ला र प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।

त्यसै अवसरमा संस्था सम्मानतर्फ सिर्जनशील अपाङ्ग पुनस्र्थापना तथा विशेष शिक्षा विद्यालयलाई १ लाख १ रुपैयाँ प्रदान गरिएको थियो ।