२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टी विभाजन गर्न कोही नलागौँः रामहरि खतिवडा



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता रामहरि खतिवडाले पार्टीलाई विभाजन गर्ने दिशामा कोही पनि जान नहुने बताउनुभएको छ ।

सोमवार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पार्टीलाई कसरी बलियो बनाउने भन्नेबारेमा सबैले सोच्नुपर्ने बताउनु भयो । उहाँले मेरो गोरुको बाह्रै टक्का जस्तो गरी कोही पनि जान नहुने बताउनु भयो । पार्टीलाई निर्वाचनमा फेरि ठूलो पार्टी बनाउने गरी अघि बढ्नुपर्ने बताउनु भयो । सभापति शेरबहादुर देउवाले एकजुट भएर काँग्रेस अघि बढ्नुपर्ने बताउनुभएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘महामन्त्रीज्युहरु पनि हाम्रै पार्टीको महामन्त्री हो । पार्टीलाई फुटको संघारमा नलैजाऔँ । संवाद गरौँ । निष्कर्ष पार्टीलाई के गरी बलियो बनाउन सकिन्छ त्यो गरौँ । मेरो गोरुको बाह्रै टक्का जस्तो गरी हामी नअल्झिऔँ । यो पार्टीलाई अझ सुदृढ बनाउन र निर्वाचनमा फेरि पहिलो काँग्रेस बनाउन फुटेर नभइ जुटेर अघि बढ्नुपर्छ । पार्टीका साथीहरुलाई एक बनाउन सबै लाग्नुहोला । मलाई फुटेको मन छैन । अन्तिम प्रयास पनि जारी रहेको छ ।’

उहाँले भृकुटीमण्डपमा गएर पनि केही संवाद गरेर पार्टी एकता हुने भए त्यसबारेमा पनि छलफल गर्न सकिने बताउनु भयो ।