२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस नेता बडू आगामी निर्वाचनमा उम्मेदवार नबन्ने



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले आगामी निर्वाचनमा आफू उम्मेदवार नबन्ने घोषणा गरेका छन्। उनले उम्मेदवार नहुने निर्णयसहितको पत्र जिल्ला कार्य समितिमा बुझाएको र उक्त पत्र सोमबार सार्वजनिक गरिएको हो।

गत मंसिर २५ र २६ गते बसेको नेपाली कांग्रेस जिल्ला कार्य समिति दार्चुलाको बैठकले नेता बडूलाई प्रतिनिधिसभा सदस्य उम्मेदवारका रूपमा सर्वसम्मत एकल सिफारिस गरेको थियो। तर बैठकमै नेता बडूले विकसित राजनीतिक परिस्थितिलाई ध्यानमा राख्दै आफू चुनाव नलड्ने इच्छा व्यक्त गरेका थिए।

उनले विशेष गरी भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन र प्रदर्शनपछि सिर्जना भएको राजनीतिक तथा सामाजिक अवस्थाका कारण आफू उम्मेदवार नबन्ने निर्णय लिएको बताएका छन्। साथै, आफूलाई उम्मेदवारका रूपमा सिफारिस गरेकामा जिल्ला समितिप्रति धन्यवाद पनि व्यक्त गरेका छन्।

पूर्वमन्त्रीसमेत रहेका नेता बडूले मंसिर २५ र २६ गतेको जिल्ला कार्य समिति बैठकमा नयाँ पुस्तालाई अवसर दिनुपर्ने भन्दै आफू चुनावी प्रतिस्पर्धामा नउत्रिने स्पष्ट पारेका थिए।