२३ जेष्ठ २०८३, शनिबार
,
Latest
संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत आज काठमाडौँ र ललितपुरका झण्डै १०० स्थानमा ४ घण्टा विद्युत् अवरुद्ध हुने होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा तटीय क्षेत्रका समुदायमा बाढीको कृत्रिम नमूना अभ्यास सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु रास्वपाको जिल्ला अधिवेशन आजदेखि डाइभर्सन नटिक्दा यात्रुलाई सास्ती लामाखेतमा बस्ती संरक्षण योजना निर्माण ओझेलमा मुगु सोरुको प्राचीन सुनखानी गुफा, संरक्षण र प्रवद्र्धनको पखाईमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। पार्टीले भोलि बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक आह्वान गरेको हो।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू तथा सातै प्रदेशका सभापतिहरूलाई अनिवार्य रूपमा सहभागी हुन निर्देशन दिइएको पार्टीका मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेपछि नेपाली कांग्रेस भित्र विवाद चर्किँदै गएको छ।

महामन्त्रीद्वयको आह्वानमा सुरु भएको विशेष महाधिवेशनको बन्दसत्र हाल जारी रहेको छ। पार्टीभित्र देखिएको असहमति, विशेष महाधिवेशन र पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न केन्द्रीय कार्यसमिति बैठक बोलाइएको कांग्रेस स्रोतले जनाएको छ।