अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेनमार्कको अधिनमा रहेको ग्रीनल्याण्डलाई जसरी भएपनि प्राप्त गर्ने दाबी गर्नु भएको छ ।
राष्ट्रपतिको विशेष विमान ‘एयर फोर्स वान’मा पत्रकारहरूलाइ प्रतिकृया दिँदै ट्रम्पले आफूले भाडामा लिने वा छोटो अवधिको व्यवस्थाबारे सोचिरहेको नभई सो क्षेत्रलाई पूर्ण रूपमा प्राप्त गर्न खोजेको बताउनुभयो ।
यो कदमले नेटोलाई हानि पुर्याउँछ कि भन्ने प्रश्नमा ट्रम्पले यदि यसले नेटोलाई असर गर्छ भने गरोस् भन्ने जवाफ पनि दिनुभयो ।












