२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस विशेष महाधिवेशन पक्षको अडानः नयाँ नीति र नेतृत्व चयन हुन्छ



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका विशेष महाधिवेशन प्रतिनिधिहरुले नयाँ नीति र नेतृत्व चयन गरिछोड्ने दृढता व्यक्त गरेका छन् ।

मंगलवार नयाँ नेतृत्व चयनका लागि कार्यतालिका सार्वजनिक गरेपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै विशेष महाधिवेशन प्रचार समितिले सो कुरा जानकारी गराएको हो । नयाँ नीति र नेतृत्व चयन गरेर मात्रै आफूहरु यो हलबाट निस्कने निष्कर्षमा पुगिएको प्रचार समितिका संयोजक सुवाष पोखरेलले बताउनु भयो ।

उहाँले संस्थापन पक्षले आफूहरुको माग सम्बोधन गर्ने अवस्था नरहेपछि नै नयाँ नेतृत्व चयनको प्रक्रिया शुरु गरिएको पनि स्पष्ट पार्नुभयो । संयोजक पोखरेलले सो निर्वाचन प्रक्रियामा सहभागी भएर सभापति पदका लागि मनोनयनमा आउन सभापति शेरबहादुर देउवालाई समेत आग्रह गर्नुभयो । उहाँले संस्थापन पक्षसँग संवाद जारी रहेपनि निर्वाचनमा जाने र नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया अव नरोकिने दोहो¥याउनु भयो ।

संयोजक पोखरेलले भन्नुभयो,‘कार्यतालिका आयो निर्वाचनको । कता भागबण्डाको कुरा भयो । कार्यतालिका आइसकेपछि यहाँ सबै पदाधिकारीहरुको निर्वाचन हुन्छ । निर्वाचन भएपछि हामी हण्ड्रट पर्सेन्ट हो । कताको भागबण्डा लिने ? हाम्रो क्लियर कुरा यही हो । नामावली सबैको प्रकाशन गर्छौ । सबै उहाँहरु मतदाता हो । स्वयम शेरबहादुर जी, सभापतिजीलाई इच्छा भए सभापतिका लागि नोमिनेशन गर्न पनि हामी आमन्त्रण गर्दछौ । एउटै पार्टी हो संवाद हुन्छ । हाम्रो एजेण्डालाई संवादले सम्बोधन गर्छ भने हामी किन निर्वाचनमा जाने ? हामी संवादका विरोधी होइनौँ । नेतृत्वसँग हामीले पहिले देखिनै संवाद गरिरहेका छौँ । गरेका पनि हौ । अव अब फेरि गर्छौं । संवाद यहाँ निर्णय सँगसँगै हुन्छ । त्यो सम्वादले यसलाई रोक्दैन । हाम्रो प्रक्रियालाई सम्वादले रोकिँदैन । सम्वादको प्रक्रियालाई हलले आत्मासात नगरी हुँदैन । त आत्मासाथ गर्न हलको म्यान्डेट चाहियो । हाम्रा साथीहरुको जानुभएको छ । त्यो पनि यहाँ ल्याएर सुनाउने हो । हलले समर्थन दियो, त्यो पास भयो । हलले हुँदैन भन्यो, त्यो हुँदैन हो । प्रष्ट हुनुहोस–यसपाली काँग्रेस पार्टी नीति र नेतृत्व बदलेर यहाँबाट जान्छ । कुरा यति नै हो ।’

यता संस्थापन पक्षले भने विशेष महाधिवेशन विधानसम्मत नभएको जिकिर गर्दै आएको छ । —न्युज एजेन्सी नेपाल

 




भर्खरै