काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालसहित २४ सय ९९ केन्द्रीय सदस्यले शपथ लिएका छन् ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जेष्ठ सदस्य नन्दकुमार प्रसाईंले संयोजक प्रचण्ड र सहसंयोजक नेपाललाई शपथ खुवाएका हुन् ।
शपथपछि जेष्ठ सदस्य प्रसाईंले संयोजक प्रचण्ड र सहसंयोजक नेपाललाई परिचयपत्र समेत हस्तान्तरण गरेका छन् ।
२४ सय ९९ केन्द्रीय सदस्यलाई भने संयोजक प्रचण्डले शपथ खुवाएका हुन् ।














