२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेसको सबै पक्ष एकतावद्ध भएर अघि बढ्छः धनराज गुरुङ



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता धनराज गुरुङले नेपाली काँग्रेसका सबै पक्ष एकतावद्ध भएर अघि बढने बताउनुभएको छ ।

आईतवार वरिष्ठ नेता डा. शेखर कोईराला पक्षले आयोजना गरेको भेला पछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सो दाबी गर्नुभएको हो ।

नेता गुरुङले भेलामा सहभागी भएका सबै नेता, कार्यकर्ताहरुले पनि काँग्रेसका सबै पक्ष मिलेर अघि बढ्नुपर्ने धारणा राख्नुभएको समेत बताउनु भयो । उहाँले काँग्रेस एउटा घर भएको उल्लेख गर्दै परिवारका सदस्यहरुबीच झगडा हुने कुरालाई आफूले सामान्य रुपमा लिनुपर्ने बताउनु भयो । नेता गुरुङले शेखर कोईराला पनि पार्टी एकताको पक्षमा रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नयाँ परिस्थितिमा साथीहरुको कुरा सुन्नका लागि यहाँ भेला भएका हौ । देशभरका साथीहरु आउनु भएको छ । त्यसकारण अहिले साथीहरुको कुरा सुन्ने, उहाँहरुको मनको कुरा बुझने काम भएको छ । कुनै पनि निर्णय गर्न यहाँ भेला भएको होइन । तर काँग्रेस मिलेर अघि बढनुपर्छ भन्ने साथीहरुको कुरा आएको छ । र, हामी सबैको एउटै कुरा  हो–मिलेरै अघि बढने हो । काँग्रेस भनेको मैले पटक पटक भन्ने गरेको छु–काँग्रेस भनेको एउटा घर हो । एउटा परिवार हौ हामी । त्यसकारणले गर्दा परिवारमा कहिलेकाँही झगडा हुन्छ, को अगाडि बस्ने, को पछाडि बन्ने भन्ने सामान्य विषय हो यो । त्यसरकारण अहिलेको विषयलाई त्यतिधेरै तीललाई पहाड बनाएर लिनुपर्छ भन्ने होइन । यसलाई सामान्य रुपमा नै ग्रहण गर्नुपर्छ भन्ने मलाई लाग्दछ ।’

नेता गुरुङले काँग्रेस भित्रको विषयमा तीललाई पहाड बनाएजस्तो नगर्न पनि सबैलाई आग्रह गर्नुभयो ।