काठमाडौं । नेकपा (एमाले)ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ताप्लेजुङबाट क्षितिज थेबेलाई उमेदवार बनाउने निर्णय गरेको छ । पार्टीले थेबेलाई उमेदवारका रूपमा अघि सारेको जनाएको छ ।
ताप्लेजुङ निर्वाचन क्षेत्रबाट यसअघि एमालेका नेता योगेश भट्टराई निर्वाचित भएका थिए । तर यसपालि पार्टीले सार्वजनिक गरेको उमेदवारको सूचीमा उपमहासचिव भट्टराईको नाम समावेश गरिएको छैन ।
एमालेले उमेदवार बनाएका थेबे पार्टीको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष हुन् । संसदीय निर्वाचनमा थेबे नयाँ अनुहारका रूपमा देखिएका छन् । पार्टीले युवालाई प्राथमिकतामा राख्दै उम्मेदवारी तय गरेको बताइएको छ ।












