२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाले सोमवार नै सबै क्षेत्रको उम्मेद्वार टुंग्याउने



अ+ अ-

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीले सोमवार नै सबै क्षेत्रको उम्मेद्वार टुंग्याउने बताउनुभएको छ ।

सोमवार काठमाडौमा आयोजित कार्यक्रममा उहाँले सबै निर्वाचन क्षेत्रका उम्मेद्वार टुंग्याएर सार्वजानिक गर्ने बताउनुभएको हो ।

उहाँले देश अब निर्वाचनतर्फ अगाडी बढेको बताउनु भयो । निर्वाचनको लागि राप्रपा पूर्ण तयारी भएको पनि उहाँले बताउनु भयो । उहाँले आगामी निर्वाचनलाई आन्दोलनको अभिन्न अंगको रुपमा प्रयोग गर्ने बताउनु भयो । उहाँले आगामी निर्वाचनलाई नेतृत्व परिवर्तनको मात्रै नभई व्यवस्था परिवर्तनको लागि सदुपयोय गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘मुलुक अब जबरजस्त चुनावतर्फ अगाडी सरिसकेको छ । यस सन्दर्भमा राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि आजै आफ्ना उम्मेद्वारहरुको पूर्ण सूचि केही समयपछि सार्वजानिक गर्नेगरि टुंगो लगाउँदैछ । हामी पनि चुनावमा तयारी भएर अगाडी आएका छौँ । प्रजातान्त्रिक पार्टी भएको नाताले चुनावमा सहभागी हुने, सहभागी हुने मात्रै होइन चुनावलाई आन्दोलनको अभिन्न अंगको रुपमा प्रयोग गर्ने निष्कर्षमा पुगेर हामीले चुनावको प्रारम्भ शुरु गरिसकेका छौँ र चुनावको लागी हामी पूर्ण तयारी भएका छौँ ।’ 

उहाँले देशको राष्ट्रवादी शक्तिको नेतृत्व राप्रपाले मात्रै गर्ने पनि दाबी गर्नुभयो । राजसंस्था, सनातनी हिन्दुराष्ट्र र राष्ट्रवादी मान्यतालाई अंगाल्ने शक्तिहरु राप्रपामा धुव्रिकृत भइरहेको पनि जानकारी दिनुभयो । कार्यक्रममा पत्रकार गजेन्द्र वुढाथोकी, कानून व्यवसायी भद्रप्रसाद नेपाल लगायत राप्रपामा प्रवेश गरेका थिए । बुढाथोकी राप्रपाको समानुपातिक सूचिमा छन् भने नेपाललाई झापा क्षेत्र नम्बर २ बाट राप्रपाले उम्मेद्वार बनाउने भएको छ ।