२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

महावीर पुनद्वारा म्याग्दीबाट उम्मेदवारी दर्ता



अ+ अ-

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पदबाट राजीनामा दिएका महावीर पुन आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीबाट उम्मेदवार बन्ने भएका छन्।

पुनले म्याग्दी निर्वाचन क्षेत्रबाट उम्मेदवारी दर्ता गराइसकेका छन्। मन्त्री पदबाट राजीनामा दिने क्रममा उनले म्याग्दीबाटै राजीनामा पत्र पठाएका थिए, जसलाई स्वीकृति दिइसकिएको छ।

उनी यसपटक स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचन मैदानमा उत्रिएका हुन्।