२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

ध्रुवबहादुर प्रधानले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्र नं. २ बाट मनोनयन दर्ता गराए



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष तथा पूर्वसांसद ध्रुवबहादुर प्रधानले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्र नं. २ बाट उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

राप्रपाले देशभरका १६५ मध्ये १६० बढी क्षेत्रमा उम्मेदवार टुंगो लगाएकोमा प्रधानलाई पुरानै क्षेत्रबाटै टिकट दिएको हो ।

सन् २०२२ को निर्वाचनमा पनि यही क्षेत्रबाट विजयी भएका प्रधानले यसपटक पनि सोही क्षेत्रबाट उम्मेदवारी दिएका हुन् । निर्वाचन आयोगको कार्यतालिकाअनुसार आज देशभर उम्मेदवारहरूले मनोनयन दर्ता गराइरहेका छन् ।

प्रधानसहित राप्रपाका अन्य उम्मेदवारहरू पनि आ–आफ्नो क्षेत्रमा पुगेर मनोनयन दर्ता प्रक्रिया पूरा गर्दैछन् । यो क्षेत्रमा प्रधानको मुख्य प्रतिष्पर्धा नेपाली काँग्रेस, नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारसँग हुने अनुमान गरिएको छ । यसअघि २०२२ मा प्रधानले काँग्रेसका देवेन्द्रराज कँडेललाई पराजित गरेका थिए । राप्रपाले राजतन्त्र पुनःस्थापना र हिन्दु राष्ट्रको एजेण्डालाई प्रमुख रूपमा अघि सारेको छ ।

प्रधानको उम्मेदवारीले लुम्बिनी प्रदेशको यो क्षेत्रमा राजनीतिक सरगर्मी बढाएको छ ।




भर्खरै