हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता तथा निवर्तमान सांसद दीपकबहादुर सिंहले मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ बाट आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उनले मंगलबार हेटौँडास्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन पत्र दर्ता गराएका हुन्।
पार्टीका कार्यकर्ता र समर्थकहरूको र्यालीसहित निर्वाचन कार्यालय पुगेका सिंह २०७९ को निर्वाचनमा हासिल गरेको जितलाई यसपटक पनि कायम राख्ने लक्ष्यका साथ चुनावी मैदानमा उत्रिएका छन्।












