१२ असार २०८३, शुक्रबार
,
Latest
यातनापीडितको न्यायमा पहुँच सुनिश्चित गर्न आग्रह मन्त्रिपरिषद् बैठक सुरु बसाइँसराइले रित्तिँदै गाउँ, गोरुको ठाउँमा किसानलाई कृषि औजार पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सद्वारा विश्वकप उपहार योजना घोषणा रास्वपामा पदाधिकारी चयनका लागि मतदान सुरु ब्रिटिस काउन्सिल नेपालद्वारा आइइएलटिएस पार्टनर समिट सम्पन्न, उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित रास्वपा महामन्त्रीका आकांक्षी कार्की भन्छन्: लोकतन्त्र कोठाभित्र हुने सहमतिले नभई प्रतिनिधिहरूको स्वतन्त्र मतबाट सुरक्षित र… जुम्लामा ट्राफिक कारबाहीबाट आठ लाख १२ हजार राजस्व सङ्कलन उम्मेदवारी फिर्ताले फेरियो रास्वपाको महामन्त्री प्रतिस्पर्धा
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्याग्दीमा उत्साहपूर्ण तवरले मनोनयन दर्ता



अ+ अ-

बेनी। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा उत्साहपूर्ण तवरले मनोनयन दर्ता भएको छ ।

विगतका निर्वाचनमा दलहरूले बाजागाजासहित मनोनयन दर्ता गर्ने गरेको भए पनि यस पटक निर्वाचन आयोगले गरेको निर्णयबमोजिम म्याग्दीका दलहरूले शान्त र मर्यादित तवरले उत्साहपूर्वक मनोनयन दर्ता गराएका छन् ।

आज बेनीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा दलहरूलाई दिइएको मनोनयन दर्ताको समयमा पार्टीका नेताहरूले कार्यकर्ताको साथमा पुगेर उम्मेदवारी दर्ता गराउनुभएको छ ।

म्याग्दीबाट प्रतिनिधिसभामा मुख्य राजनीतिक दलका साथै स्वतन्त्रबाट समेत उम्मेदवारी दर्ता भएको छ । सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रहनुभएका महावीर पुनले पदबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ ।

जिल्लामा नेकपा (एमाले)बाट हरिकृष्ण श्रेष्ठ, नेपाली कांग्रेसबाट कर्णबहादुर भण्डारी (केबि), नेपाली कम्युनिष्ट पार्टीबाट अर्जुन थापा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट युवराज रोका मगर, नेकपा (माओवादी)बाट धु्रव घिमिरे, राप्रपाबाट डम्बर सुवेदी, श्रम संस्कृति पार्टीबाट विनोद राना मगर, मङ्गोल नेश्नल अर्गनाइजेशनबाट भीमबहादुर लामा र राष्ट्रिय जनमोर्चाबाट छवि विश्वकर्माले उम्मेदवारी दिनुभएको छ ।

यस पटक जिल्लामा दलहरू गठबन्धन नगरीकन चुनावमा होमिएको र स्वतन्त्रबाट समेत चर्चित व्यक्तित्वबाट मनोनयन दर्तासँगै अन्य उम्मेदवारहरू नयाँ र युवा उम्मेदवारहरू भएकाले समेत प्रतिस्पर्धामा उत्रिएकाहरूबीच रोचक प्रतिस्पर्धा हुने आकलन गरिएको छ  ।

आगामी निर्वाचनका लागि म्याग्दीमा कूल ८६ हजार ३९७ मतदाता कायम भएका छन् । एक नगरपालिका र पाँच गाउँपालिकामा समेटिएको प्रतिनिधिसभामा एक निर्वाचन क्षेत्र रहेको म्याग्दीमा अन्य एक जना, महिला ४४  हजार ६४ र पुरुष ४२ हजार ३३२ मतदाता रहेका छन् ।

निर्वाचनका लागि जिल्लामा ८२ वटा मतदानस्थल र १२० मतदान केन्द्र कायम गरिएको छ ।