१५ असार २०८३, सोमबार
,
Latest
कोहलपुरमा भाइद्वारा दाजुको हत्या अफगानिस्तानमा एक वर्षमा ४५ हजारभन्दा बढी लागूऔषध दुव्र्यसनीको उपचार अस्पताल भवन निर्माण अलपत्र पासपोर्ट भ्रष्टाचार प्रकरण : विशेष अदालतद्वारा ५ आरोपितलाई धरौटीमा रिहा गर्ने आदेश गृहमन्त्री र गृहसचिवकै गाडीबाट कालो सिसा हटाइयो भ्रष्टाचार गरेको अभियोगमा ९ जनाविरुद्ध मुद्दा दायर विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति चीनद्वारा भेनेजुएलालाई १० करोड युआन बराबर राहत सहायता त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसबाट ६० दिनभित्र दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन पद्मश्री साहित्य पुरस्कारको विस्तारित सूची सार्वजनिक, १५ कृति छनोट
तपाईं के खोज्दै हुनुहुन्छ ?

बस दुर्घटना हुँदा छ विद्यार्थी घाइते



अ+ अ-

नवलपरासी। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को बुलिङटार गाउँपालिका–२ भेलौरीस्थित कालीगण्डकी करिडोरमा बस दुर्घटना हुँदा ६ जना विद्यार्थी घाइते भएका छन् ।

झापाको बिर्तामोडस्थित निभी आदर्श कलेजका विद्यार्थी बोकेको ग१ख ९५४६ नं को बस आज दिउँसो दुर्घटनामा परेको हो । शैक्षिक भ्रमणमा आएका कक्षा १२ मा अध्ययनरत ३५ जना विद्यार्थी बोकेर पोखराबाट गैँडाकोटतर्फ आउँदै गरेको बसको ब्रेक फेल भएर भित्तामा ठोक्किएको प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।

दुर्घटनामा घाइते भएका विद्यार्थीमध्ये चार जनाको स्थानीय बुलिङटार अस्पतालमा उपचार भइरहेका तथा दुई जनालाई थप उपचारका लागि चितवनको भरतपुर पठाइएको खड्काले बताउनुभयो ।

दुर्घटनामा परी घाइते भएका झापाको बिर्तामोड नगरपालिका–८ का १८ वर्षीया छात्रा उन्नति पाठक र  १८ वर्षीय गगन नेचेलाई थप उपचारका लागि भरतपुर पठाइएको उहाँले बताउनुभयो ।

दुर्घटनामा परी घाइते भएका १८ वर्षीय अनिल जयसवाल, १८ वर्षीय अङ्कित सिटौला, १८ वर्षीय साङनुमा लिम्बू र १७ वर्षीया पवित्रा गुरुङको स्थानीय बुलिङटार अस्पतालमा उपचार भइरहेको खड्काको भनाइ छ । बस र बस चालक इलाका प्रहरी कार्यालय बुलिङटारको नियन्त्रणमा रहेको छ । रासस