१५ असार २०८३, सोमबार
,
Latest
कोहलपुरमा भाइद्वारा दाजुको हत्या अफगानिस्तानमा एक वर्षमा ४५ हजारभन्दा बढी लागूऔषध दुव्र्यसनीको उपचार अस्पताल भवन निर्माण अलपत्र पासपोर्ट भ्रष्टाचार प्रकरण : विशेष अदालतद्वारा ५ आरोपितलाई धरौटीमा रिहा गर्ने आदेश गृहमन्त्री र गृहसचिवकै गाडीबाट कालो सिसा हटाइयो भ्रष्टाचार गरेको अभियोगमा ९ जनाविरुद्ध मुद्दा दायर विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति चीनद्वारा भेनेजुएलालाई १० करोड युआन बराबर राहत सहायता त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसबाट ६० दिनभित्र दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन पद्मश्री साहित्य पुरस्कारको विस्तारित सूची सार्वजनिक, १५ कृति छनोट
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्पताल भवन निर्माण अलपत्र



अ+ अ-

खोटाङ। ठेकेदार कम्पनीको लापरबाहीका कारण जन्तेढुङ्गा गाउँपालिका, ५ चिसापानी बजारमा निर्माणाधीन १५ शय्याको आधारभूत अस्पताल भवन अलपत्र परेको छ ।

ठेकेदार कम्पनी ड्रागन–रियर जेभी र गाँउपालिकाबीच विसं २०७८ असार २५ गते ठेक्का सम्झौता भएको थियो । कम्पनीले २०७९ असार २८ मा भवन निर्माण सम्पन्न गरी पालिकालाई हस्ताणतरण गरिसक्नुपर्ने व्यहोरा सम्झौतामा उल्लेख छ ।

कूल रु २० करोड ७१ हजार ५९० मा निर्माण सम्पन्न हुने अस्पताल भवनको काम ३३ प्रतिशत मात्र सम्पन्न भएको गाउँपालिकाका सूचना अधिकारी विनय निरौलाले जानकारी दिनुभयो ।

तोकिएको समयमा काम सम्पन्न नभएपछि पाँच पटकसम्म म्याद थप गरिएको थियो। हालसम्म कम्पनीले रु छ करोड ४९ लाख छ हजार रकम भुक्तानी बुझिसकेको गाउँपालिकाले जनाएको छ ।

पर्याप्त बजेट र उपयुक्त वातावरण सिर्जना गर्दासमेत ठेकेदार कम्पनीले अस्पताल भवनको काम नगरेको गाउँपालिकाका उपप्रमुख एवं अनुगमन समिति संयोजक खेमबहादुर खड्काले जानकारी दिनुभएको छ ।

“ठेकेदार कम्पनीलाई पटकपटक ताकेता गरिरहेका छौँ । पछिल्लोपटक थपिएको म्यादमा काम सम्पन्न भएन”, उहाँले भन्नुभयो, “अस्पताल भवन निर्माणका लागि पालिकाबाट उपलब्ध रकम ठेकेदार कम्पनीले भुक्तानी लान सकेन ।

अब के गर्ने भन्ने विषयमा कार्यपालिका बैठक बसेर निर्णय गर्ने तयारीमा छौँ ।” चिसापानी बजारमा आधारभूत अस्पात भवन निर्माणका लागि स्थानीयले पाँच रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका थिए ।

विस्तृत परियोजना रिपोर्ट (डिपीआर) परिवर्तनमा समय लाग्नु, पर्याप्त बजेट नहुनु र फोक्सिङटारमा पुल नहुनुले आधारभूत अस्पताल भवन निर्माणमा ढिलाइ भएको ठेकेदार कम्पनीका प्रतिनिधि ङ्वाङ डण्डुप लामाले बताउनुभयो । रासस