१५ असार २०८३, सोमबार
,
Latest
कोहलपुरमा भाइद्वारा दाजुको हत्या अफगानिस्तानमा एक वर्षमा ४५ हजारभन्दा बढी लागूऔषध दुव्र्यसनीको उपचार अस्पताल भवन निर्माण अलपत्र पासपोर्ट भ्रष्टाचार प्रकरण : विशेष अदालतद्वारा ५ आरोपितलाई धरौटीमा रिहा गर्ने आदेश गृहमन्त्री र गृहसचिवकै गाडीबाट कालो सिसा हटाइयो भ्रष्टाचार गरेको अभियोगमा ९ जनाविरुद्ध मुद्दा दायर विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति चीनद्वारा भेनेजुएलालाई १० करोड युआन बराबर राहत सहायता त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसबाट ६० दिनभित्र दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन पद्मश्री साहित्य पुरस्कारको विस्तारित सूची सार्वजनिक, १५ कृति छनोट
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलेसियाको विस्टर्न कम्पनीले शुन्य लागतमा ८०० नेपाली लैजाने



अ+ अ-

काठमाडौँ। मलेसियामा रहेको विश्वकै ठूलो आइटी कम्पनीले शुन्य लागतमा नेपाली श्रमिक लैजाने भएको छ ।

बुधवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त जानकारी दिइएको हो । मलेसियाको विस्टर्न टेक्नोलोजी र नेपालस्थित मेनपावर कम्पनी आकर्षण इन्टरनेशनल र लालधनुष इन्टरनेशनलबीच शुन्य लागतमा कामदार पठाउने सम्बन्धमा द्विपक्षीय सम्झौता छ ।

सम्झौताअनुसार दुई मेनपावर कम्पनीमार्फत उक्त कम्पनीका लागि ८०० जना नेपाली कामदार शून्य लागमा जान पाउने आकर्षण इन्टरनेसनलका अध्यष विष्णुबहादुर केसीले बताउनुभयो ।

उहाँका अनुसार आकर्षण इन्टरनेशनलबाट ३०० महिला र १०० पुरुष गरी ४०० जना तथा लालधनुषबाट समेत ३०० महिला र १०० जना पुरुष गरी ४०० जना मलेसिया जाँदैछन् ।

उहाँले भन्नुभयो, ‘हामीले आकर्षण इन्टरनेसनल प्रा.लि. र लालधनुष इन्टरनेसनल प्रा.लि.ले विगतमा जस्तै कामदार पठाउनेसम्बन्धी जानकारी दिनको लागि पत्रकार सम्मेलनको आयोजना गरिएको हो । विगत दश वर्ष देखि आकर्षणले शून्य लागतमा काम गर्दै आइरहेको छ ।

मलेसियाबाट हामीले लिएर आउने कम्पनीहरु एकदमै थोरै हुनुहुन्छ । सम्झौताअनुसार उक्त कम्पनीमा दुई मेनपावर कम्पनीमार्फत नेपाली श्रमिक शून्य लागतमा मलेसिया जान पाउनेछन् ।

अहिले आकर्षण इन्टरनेशनलबाट ३०० महिला र १०० पुरुष कामदारको लागि डिमाण्ड प्राप्त गरेर अन्तवार्ताको प्रक्रिया अगाडि बढाइरहेका छौँ । लालधनुषमा पनि त्यति नै संख्यामा डिमाण्ड प्राप्त भएको म जानकारी गराउन चाहन्छु ।’

श्रमिक छनोटका लागि अन्तर्वार्ता प्रक्रिया अगाडि बढिसकेको समेत उहाँले जानकारी दिनुभयो । –न्युज एजेन्सी नेपाल