१५ असार २०८३, सोमबार
,
Latest
कोहलपुरमा भाइद्वारा दाजुको हत्या अफगानिस्तानमा एक वर्षमा ४५ हजारभन्दा बढी लागूऔषध दुव्र्यसनीको उपचार अस्पताल भवन निर्माण अलपत्र पासपोर्ट भ्रष्टाचार प्रकरण : विशेष अदालतद्वारा ५ आरोपितलाई धरौटीमा रिहा गर्ने आदेश गृहमन्त्री र गृहसचिवकै गाडीबाट कालो सिसा हटाइयो भ्रष्टाचार गरेको अभियोगमा ९ जनाविरुद्ध मुद्दा दायर विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति चीनद्वारा भेनेजुएलालाई १० करोड युआन बराबर राहत सहायता त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसबाट ६० दिनभित्र दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन पद्मश्री साहित्य पुरस्कारको विस्तारित सूची सार्वजनिक, १५ कृति छनोट
तपाईं के खोज्दै हुनुहुन्छ ?

हातहतियार बुझाउन मुस्ताङ प्रशासनको आग्रह



अ+ अ-

मुस्ताङ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालयले हातहतियार बुझाउन सरोकारवालालाई आग्रह गरेको छ ।

यहाँस्थित जिल्लाका पाँचवटै स्थानीय तहमा व्यक्तिगत सुरक्षा प्रयोजनका लागि प्रशासनसँग अनुमति लिएर राखिएका हातहतियार तथा खरखजना बुझाउन जिल्ला प्रशासनले आग्रह गरेको हो ।

फागुनदेखि हुने प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई स्वच्छ, निष्पक्ष, भयरहित र विश्सनीय वातावरणमा सम्पन्न गर्न मुस्ताङ जिल्लाभित्र रहेका इजाजत प्राप्त हातहतियार तथा खरखजना यही माघ १५ भित्र जिल्ला प्रहरी कार्यालय तथा नजिकको प्रहरी इकाई समक्ष बुझाउन प्रशासनले सूचित गराएको छ ।

निर्वाचन सुरक्षा प्रयोजनार्थ बुझाइएका हातहतियार निर्वाचनका सम्पूर्ण काम सकिएपछि सम्बन्धित धनीलाई फिर्ता गरिने जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिनुभयो । रासस